नेपालको शिक्षालाई परिवर्तन गरेरै छाड्छु ः शिक्षामन्त्री पोखरेल

 Education Minister Pokharel

खोटाङ, २१ पुस । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई नीतिगत रूपमै परिवर्तन गरेर छाड्ने बताउनुभएको छ । खोटाङको दिक्तेलमा सोमबार आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा अहिले जटिल समस्या देखिएको छ, यसलाई तल्लो तहदेखि मन्त्रालयसम्म सुधार गर्नमा आफू लागिपरेको छु ।” संविधान प्रचार अभियानका क्रममा खोटाङ आउनुभएका मन्त्री पोखरेलले राष्ट्र र राष्ट्रियताका लागि आत्मैदेखि लागिपर्न शिक्षा सम्बद्ध व्यक्तिहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – “शिक्षा भनेको परिवर्तन हो । तपाईंहरू त्यही पेसामा हुनुभएकाले आफ्नो पेसालाई नतिजामूलक बनाउनुहोस् ।” एकीकृत नेकपा (माओवादी)का सचिवसमेत रहनुभएका मन्त्री पोखरेलले पार्टीको भ्रातृ संस्थाका व्यक्तिका रूपमा भन्दा आफूलाई शिक्षक भनेर चिनाउन शिक्षकलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – “आगामी दिनमा शिक्षकले पार्टी सदस्यता लिन पाउने छैनन् ।” शिक्षा क्षेत्रको सुधारका लागि आफूले संसद्मा विधेयकसमेत पेस गरिसकेको सो विधेयकले शिक्षकलाई पार्टीको सदस्य बन्न नदिने दाबीसमेत मन्त्री पोखरेलले गर्नुभयो । रासस

 

 

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter