• Monday, April 14, 2025

गेग्य्रान जग्गामा लहलह बाली फलाए युवाले

agriculture

(गोपाल प्रसाद बराल)

बर्दिवास, २ माघ । जाँगर र लगन भएपछि कुनै काम असम्भव हँुदैन भन्ने उदाहरण महोत्तरी जिल्लाको भङ्गाहाका युवाले गेग्य्रान ढुङ्गे जग्गामा लहलह बाली फलाएर चरितार्थ गरेका छन् ।

भङ्गाहाको रामनगर बस्तीका १८ देखि ३५ वर्ष उमेर समूहका युवाले वैशाख याममा दुबोसमेत मर्ने गेग्य्रान ढुङ्गे जग्गामा आफ्नो पौरखले कुनाकुनामा पानी पु¥याएर लहलह बाली फलाएपछि उनीहरु आफ्ना गाउँलेबीच उदाहरण बनेका हुन् ।

जिल्ला कृषि विकास कार्यालय महोत्तरीको पे्ररणाले श्री गढीमाई कृषि सहकारी संस्था गठन गरी दिलोज्यानले खेतीमा लागेका युवाले केही वर्षभित्रै गरेका प्रगति सबैका लागि उदाहरणीय बनेको छ । संस्थामा आबद्घ युवाले रातु नदीले पुरेको बलौटे, गेग्य्रान जग्गामा खनजोत गरी पसिना बगाएर हराभरा बनाएपछि बस्तीका युवा सबैका लागि उदाहरणीय बनेका हुन् ।

कार्यालयकै प्राविधिक र आर्थिक सहयोगमा बोरिङ जडान गरी १० वटा मोटर लगाएर पर्ति, बलौटे र ढुङ्ग्यान जग्गाको सबै ठाउँमा पानी पु¥याएपछि जुनसुकै बाली मनै लोभ्याउने गरी लहलहाएको छ । यिनको पौरख देख्दा बाटो हिँड्ने बटुवासमेत प्रफुल्लित हुँदै उनीहरुको मेहनतबाट दङ्ग पर्ने गरेका सो बस्तीका ८५ वर्षीय वृद्ध श्रीनारायण साहले बताउनुभयो ।

खेतीमा लागेका उत्साही युवाले जडान गरेका बोरिङ र मोटरबाट १० बिगाह जग्गा सिञ्चित हुने गरेको छ । आफूहरुले कृषि विज्ञको सल्लाहबाट पाँच वर्षअघि सुरु गरेका मौसमी र बेमौसमी तरकारीखेतीले राम्रो आम्दानी दिन थालेपछि खेतीको क्षेत्रफल बढाउँदै लगिएको संस्थाका अध्यक्ष सत्यनारायण यादव बताउनुहुन्छ ।

सुरुमा जग्गा लिज (ठेक्का) मा लिएर खेती सुरु गरेका सो संस्थामा आबद्घ युवाले अब आफ्नै आर्जनले जग्गासमेत जोडेर विदेश कमाउन जानेलाई थकथक बनाएको देख्दा सन्तोष लाग्ने गरेको सो बस्तीका बूढापाका बताउँछन् । आफ्नै गाउँमा जहान परिवारसँगै बसेर दौंतरीले गरेको पौरख देखेपछि कामकै लागि विदेश जान राहदानी बनाएका युवा पनि खेतीतिर लागेका छन् । समूहमा आबद्ध साथीले केही वर्षभित्रै खेतीबाट गरेको प्रगतिले अब आफूपनि विदेश जाने कुरा छाडेर खेतीबारीकै काममा लाग्ने टुङ्गोमा पुगेको सो बस्तीका रामजी यादवले बताउनुभयो । विदेश जाने निर्णय त्यागेर तरकारीखेती सुरु गरेका यादव छोटो अवधिमै गाउँका उद्यमी किसानमा गनिन थालेका सो बस्तीकै पाका किसान ६५ वर्षीय इस्लाम राइनको मूल्याङ्कन छ ।

अर्काको पाँच कट्ठा जग्गा ठेक्कामा लिएर तरकारीखेती सुरु गरेका संस्थामा आबद्घ चन्देश्वर राय दनुवारले खेतीकै पौरखले पाँच वर्षभित्रै जहान परिवारको लालनपालन गरेर १० कट्ठा जग्गा जोडेका छन् । घरको गरिबीले दिक्क भएर विदेश जाने निर्णय गर्दै राहदानीसमेत बनाएका दनुवारले गाउँकै साहुले ऋण नपत्याएपछि आफूले भाडामा जग्गा लिएर खेती सुरु गरेको विगत सम्झनुभयो ।

दिनरात नभनी आफूले गरेको मेहनतले राम्रो सफलता पाएर जहान परिवार पाल्दै गाउँघरमा अर्कालाई मर्का पर्दा सहयोग गर्न पाएर सन्तोष लाग्ने गरेको उहाँको भनाइ छ । गाउँका धनीमानीमा गनिनेका छोराछोरीसँगै आफ्ना छोराछोरीलाई पनि राम्रो शिक्षा दिन सकिएकामा सन्तोष लाग्ने गरेको संस्थामा आबद्घ किसान बताउँछन् ।

युवा किसानले खेतीसँगै पशुपालनसमेत गर्न थालेपछि जग्गामा चाहिने मलमा पनि आत्मनिर्भर बन्दै गएको बताइएको छ ।

अहिले संस्थामा आबद्घ सबै किसानले गाई, भैँसी, बाख्रा र कतिपय किसानले कुखुरासमेत पाल्न थालेपछि दूध र मासुको बजारमा पनि आफ्नो उत्पादनको माग बढेको संस्थाका अध्यक्ष सत्यनारायण यादवले जानकारी दिनुभयो ।

संस्थामा आबद्घ २० जना युवाको खेतीमा देखिएको लगन र उनीहरुले पाएको सफलताबाट विदेश जाने तरखरमा रहेका अन्य युवाले पनि विदेसिने मनसाय छाडेर खेती सुरु गरेका छन् ।

सँगैका साथीले गाउँमै मेहनत गरेर राम्रो आर्जन गरेकाले आफूले विदेसिने मनसाय छाडेर तरकारीखेती सुरु गरेको सोही बस्तीका बहुरा महतोको भनाइ छ । परिश्रमी, सहयोगी र सरल व्यवहारका आफ्ना बस्तीका युवाले खेतीबाटै पाएको सफलता र त्यसको अनुकरण अरुले गर्न थालेको देख्दा निकै खुसी लागेको बस्तीका ९० वर्षीय वृद्घ लक्ष्मीप्रसाद गिरीले बताउनुभयो ।

श्री गढीमाई कृषि सहकारी संस्था भङ्गाहा–३ रामनगरमा आबद्घ किसान जिल्लाकै उत्कृष्ट मेहनती किसान भएका जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ । संस्थामा आबद्घ किसानले केही वर्षभित्रै खेतीबाटै लाखौँ आम्दानी गरेर पैसाकै लागि विदेसिने युवाका लागि गाउँघरमै बसेर मेहनत गर्ने सन्देशसमेत दिएका कार्यालयका कृषि प्रसार अधिकृत बेचनप्रसाद साहको धारणा छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter