• Monday, April 21, 2025

दरबार क्षेत्रमा भूकम्प प्रतिरोधी नमुना भवनको प्रदर्शनी, हजारौँको भीड

 bhukmp pratirodhi

 

भक्तपुर, २ माघ । अठारौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज भक्तपुर दरबार क्षेत्रमा भक्तपुर नगरपालिका, ख्वपः इन्जिनियरिङ कलेज, ख्वपः कलेज अफ इन्जिनियरिङले संयुक्त रुपमा आयोजना गरेको शैक्षिक प्रदर्शनी एवम् भूकम्प प्रतिरोधी नमुना भवन प्रदर्शनीमा स्थानीयवासीको भीड लागेको छ ।

गत वैशाख १२ गतेको महाभूकम्पले भक्तपुरका २६ हजार घर भत्किएपछि अब घर कसरी बनाउने र बचेका घरलाई पनि कसरी जोगाउने भन्ने जानकारी लिनका लागि प्रदर्शनी अवलोकन गर्न आउनेको भीड नै लागेको हो ।

प्रदर्शनीमा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वपः इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थीले तयार पारेका घरहरु अवलोकनमा राखिएका छन् । ख्वपः इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले दुईवटा कलेजका २२९ जना विद्यार्थीले तयार पारेको २८ वटा घर एवम् एक रोबर्ट प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।

प्रदर्शनीले स्थानीयवासीलाई अब घर बनाउँदा भूकम्प प्रतिरोधी घर कसरी बनाउने, जगलाई कसरी बलियो बनाउने, घरको रेक्ट्रोफिटिङ अर्थात् सुदृढीकरण कसरी गर्ने, बनिसकेका घरलाई कसरी बलियो बनाउने भन्नेबारेमा जानकारी दिन प्रदर्शनीको आयोजना गरिएको उहाँको भनाइ थियो ।

प्रदर्शनीमा सिमेन्टको प्रयोग गर्ने, ढुङ्गा र माटोको घरलाई कसरी भूकम्प प्रतिरोधी बनाउने, के गर्दा भूकम्पले घर भत्काउँदैन र कस्तो घर बनाउन हुन्न भन्ने जानकारी प्रदर्शनीले दिएको कार्यक्रमका संयोजक मञ्जीप शाक्यले जानकारी दिनुभयो ।

स्थानीय बासिन्दा एवम् विद्यार्थीको दिनभरि नै भीड लागेको जानकारी दिँदै कलेजका शिक्षक रवीन्द्र फोजूले प्रदर्शनीमा चित्रकला, भूकम्पले भत्काएको घरका तस्बिर, कोलाज र नारा पनि प्रतियोगितात्मक प्रदर्शनी गरिएको बताउनुभयो ।

प्रदर्शनीमा भक्तपुर नगरपालिका–१ र २ जेँला, वडा नं १० लगायतका वैशाखको भूकम्पले धेरै घर भत्काएका क्षेत्रमा अब कस्तो घर बनाउने भन्ने नमुनासमेत प्रस्तुत गरिएको थियो ।

आज साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनी भोलि लिवालीस्थित कलेज प्राङ्गणमा गरिने उहाँले बताउनुभयो । बाँसको घर, ढुङ्गा माटोको सस्ता तर बलिया घर कसरी बनाउने भन्नेबारेमा समेत जानकारी गराइएको थियो ।

प्रदर्शनीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छेले उद्घाटन गर्नुभयो । त्यस अवसरमा बिजुक्छे, सांसदहरु प्रेम सुवाल, अनुराधा थापामगर, डिल्ली काफ्लेले भूकम्पीय जोखिमबाट बच्न भूकम्पीय प्रविधियुक्त घर बनाउनुपर्नेमा जोड दिनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter