संविधान कार्यान्वयन गर्न न्यायालयले सघाउँछ ः प्रधानन्यायाधीश कल्याण श्रेष्ठ
January 17, 2016 | 9:52 pm    
तिलोत्तमा (रुपन्देही), ३ माघ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक सहमतिका आधारमा जारी संविधान कार्यान्वयन गर्न न्यायालयले सघाउने बताउनुभएको छ ।
बुटवलमा बाग्लुङ समाज रुपन्देहीको तर्फबाट आज गरिएको सम्मान ग्रहण गर्दै प्रधान न्यायाधीश श्रेष्ठले संविधान जारी भएपछि मुलुक नयाँ चरणमा प्रवेश गरेको र त्यसैअनुसार न्यायालयले कार्यसम्पादन गर्ने बताउनुभयो ।
न्याय सम्पादनलाई आधुनिकीकरण र सरल बनाउँदै लैजाने बताउँदै उहाँले न्याय महँगो छ भन्ने भ्रम चिर्दै जाने बताउनुभयो । उहाँले न्यायालयले राष्ट्रको संरक्षकका रुपमा भूमिका निर्वाह गर्ने पनि उल्लेख गर्नुभयो । रासस