तराई मधेसका जनता देशभक्त सिपाही– महासचिव पोखरेल
January 21, 2016 | 10:41 pm    
विराटनगर, ७ माघ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले तराई मधेसका जनता सयौँ वर्षदेखि देशभक्त सिपाहीका रुपमा सीमाको रक्षा गर्दै आइरहेको बताउनुभएको छ ।
मोरङको पूर्वी नगरी रङ्गेलीमा आज सो पार्टीको भातृसंस्था युवासङ्घ नेपालद्वारा आयोजित तराई मधेस संवाद तथा जनजागरण कार्यक्रममा उहाँले मधेसमा संविधानको विषयमा भ्रम फैलाइएको दाबी गर्नुभयो ।
महासचिव पोखरेलले नागरिकता, प्रदेशको सरकारी कामकाजको भाषालगायतका विषयमा मधेसी समुदायमा मधेसी मोर्चाले भ्रम फैलाएकाले यसलाई चिर्न कार्यकर्र्ता अग्रसर हुनुपर्ने सुझाव दिनुभयो ।
युवा तथा खेलकुदमन्त्री तथा नेकपा (एमाले)का स्थायी समितिका सदस्य सत्यनारायण मण्डलले सिङ्गो मुलुक बन्द हडताल र नाकाबन्दीका कारण छटपटाइरहेको उल्लेख गर्दै जनताको अभिमतबाट संविधान बनेकाले विरोध गर्नुको अर्थ नरहेको बताउनुभयो । रासस