शैव परम्पराको विशिष्ट महत्व छ ः पूर्वप्रम खनाल
January 29, 2016 | 10:02 pm    
काठमाडौँ, १५ माघ । नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मानव सभ्यताको विकासक्रममा शैव परम्पराको विशिष्ट महत्व रहेको बताउनुभएको छ ।
पशुपति क्षेत्र विकास कोष कर्मचारी सङ्गठन नेपालको चौथो अधिवेसनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले पशुपति क्षेत्रको संरक्षण गरी त्यहाँ धार्मिक पर्यटकलाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेता खनालले संविधानले सबैका अधिकारलाई सुनिश्चित गरेको बताउँदै सबै किसिमका स्रोत र साधनले भरिपूर्ण मुलुक नेपालमा अब जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गरी विकास र निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
संस्कृृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले विश्वका हिन्दुहरुका आराध्यदेवको रुपमा मानिने पशुपतिनाथलाई आस्थाको धरोहरको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले भगवान पशुपतिनाथमा शव जलाउने, किरियापुत्री बस्नेजस्ता पीडा व्यक्तगर्ने ठाउँ मात्र विकास गर्नुहुँदैन, यस्का लागि छुट्टै ठाउँको व्यवस्था गर्नुपर्छ । रासस