नयाँ संविधान नेपालको संवैधानिक इतिहासमा अद्भूत सुरुवात – प्रधानमन्त्री
काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट हालै जारी भएको नेपालको संविधान मुलुकको राजनीतिक र संवैधानिक इतिहासमा अद्भूत सुरुवात भएको बताउनुभएको छ ।
एसियाली राजनीतिक पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) ले आज यहाँ आयोजना गरेको ‘नेपालमा प्रजातान्त्रिक सङ्क्रमण’ विषयक विशेष कार्यशालामा उहाँले नेपालको संविधान पूर्ण समावेशी भएको र यसमा महत्वपूर्ण मौलिक हकहरुको व्यवस्था गरिएको बताउनुभयो ।
विभिन्न व्यवधान रहँदारहँदै पनि संविधानसभाबाट संविधान जारी गर्न नेपालका प्रमुख राजनीतिक शक्ति सफल भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनमा पनि सबै दल एक ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो । रासस