• Wednesday, May 21, 2025

आन्दोलनका नाममा उद्योग बन्द गराउनु हुँदैन ः अध्यक्ष मुरारका

pashupati murarka

जनकपुरधाम, ६ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले आन्दोलनका नाममा उद्योगी र व्यवसायीलाई तारो बनाउने क्रियाकलापको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

जनकपुर उद्योग वाणिज्य सङघको ४९ औं वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले विगतमा उद्योगी व्यवसायीलाई पुरानो सत्तालाई कर नबुझाउन आह्वान गर्नेहरू राष्ट्रको प्रधानमन्त्री बने तर उद्योगी व्यवसायीको कर नबुझाउने आह्वानले परेको असर, उठिवासको समस्याप्रति कहिल्यै संवेदनशील नहुनु दुखद अवस्था हो भन्नुभयो ।

पीडित उद्योगी व्यवसायीको पीडा सुन्दा आँखामा आँसु आउँछ भन्दै उहाँले बन्दले आर्थिक समृद्धिको बाटोमा गतिरोध उत्पन्न गरेको बताउनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter