• Saturday, April 12, 2025

सबै प्रकारका अपाङ्गतालाई व्यवस्थापन गरिने ः मन्त्री मैनाली

 CP Mainali

 

काठमाडौँ, ८ चैत । उपप्रधानमन्त्री तथा महिला बालबालिका एवम् समाजकल्याणमन्त्री चन्द्रप्रकाश मैनालीले सबै प्रकारका अपाङ्गतालाई सम्बोधन गरी व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

एक्काइसौँ ‘डाउन सिन्ड्रोम’ दिवसका अवसरमा डाउन सिन्ड्रोम एसोसिएसन नेपालले आयोजना गरेको कार्यक्रममा उहाँले सरकार फरक शारीरिक क्षमता भएका व्यक्तिको संरक्षण र व्यवस्थापन गर्ने कार्यमा लागिपरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो—‘‘डाउन सिन्ड्रोमबारे धेरैलाई जानकारी छैन, यसबारे जानकारी र जनचेतना फैलाउने कार्यमा सरकार पनि यससम्बन्धी काम गर्ने सङ्घसंस्थालाई सहयोग गर्न सधैँ तयार छ ।’’

 

सन् १८६६ मा ब्रिटिस चिकित्सक जोन ल्याङ्डन डाउनले पहिलोपटक यो क्रोमोसोम असामान्यताका बारेमा व्याख्या गरेका हुनाले उनकै नामबाट यस्तो समस्या भएका व्यक्तिलाई ‘डाउन सिन्ड्रोम’ भन्न थालिएको हो भने २१ मार्चलाई डाउन सिन्ड्रोम डे का रुपमा अनाउन थालिएको हो ।

डाउन सिन्ड्रोम भएका व्यक्तिमा गोलो, चेप्टो अनुहार, अति सानो चिउँडो, नेप्टो नाक, माथि फर्केको चिम्से आँखा, मोटो चिरा परेको मुखबाट निस्किराख्ने जिब्रा खुट्टाको बुढो र दोस्रो अङ्गुलाबीच फाटो, हत्केलामा एक्लो लाइन (साइमन क्रिज), छोटो गर्धन, आँखाको नानीमा सेतो वा पहेँलो थोप्ला (ब्रसफिल्ड स्पाटस), होचोपन, टाउकोको गोलाइ सानो र तल जोडिएको कान, मांसपेसीको फितलोपना, सानो जनेन्द्रीय, बौद्धिक अपाङ्गताजस्ता समस्या देखिन सक्छन् । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter