• Monday, April 14, 2025

नेपाल कीटजन्य रोगको जोखिममा

 Mosquito

 

(कल्पना पौडेल)

काठमाडौँ, ८ चैत । नेपाल कीटजन्य रोगको उच्च जोखिममा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
कीटजन्य जीवबाट हुने १० प्रकारका रोगको नेपाल उच्च जोखिममा रहेको हो ।

कालाज्वर, जापानिज इन्सेफ्लाइटिस, डेङ्गु, चिकनगुनिया, वेष्ट नाइल भाइरस, चाँदीपुरा भाइरस, हात्तीपाइले तथा स्क्रव टाइफस रोगबाट नेपाल जोखिममा रहेको महाशाखाका प्रमुख डा बाबुराम मरासिनीले जानकारी दिनुभयो ।

यी रोगमध्ये धेरै रोग एडिस नामक लामखुट्टेको टोकाइबाट हुने भएकाले लामखुट्टे नियन्त्रणका काम गर्न आवश्यक देखिएको छ ।

भुसुना, लामखुट्टे तथा मुसाबाट सर्ने घातक रोगको नियन्त्रणका लागि आवश्यक बजेट नहुँदा कार्यक्रम गर्न नसकिएको डा मरासिनीले बताउनुभयो ।

नेपालमा बढ्दो अव्यवस्थित सहरीकरणले त्यसबाट हुने फोहरका कारण लामखुट्टेको बढ्दो विकासले यस्तो रोगको जोखिम बढाएको हो ।

निर्देशक डा मरासिनीले भन्नुभयो– “उपत्यका र बढी गर्मी हुने तराईका जिल्लामा बिना योजना बढिरहेकोे सहरीकरणका कारण फोहरमैलाको व्यवस्थापन गर्न नसक्दा ठूला रोग फैलाउने लामखुट्टेको पनि वृद्धि भइरहेको छ जसले रोगको खतरालाई अझ बढाएको छ ।”

काठमाडौँ, पोखरा, चितवन, भैरहवा, नेपालगन्ज, वीरगन्ज, विराटनगरजस्ता ठूला व्यापारिक जिल्लामा बढ्दो जनसङ्ख्यासँगै कीटजन्य रोगको जोखिम पनि उच्च रहेको छ ।
समयमै यस्ता रोग नियन्त्रणका लागि सरकारले कार्यक्रम नचलाउने हो भने यी रोग महामारीको रुपमा कुनै पनि समय फैलने खतरा रहेको डा मरासिनीको भनाइ छ ।

नेपालमा समयमै कीटजन्य रोग नियन्त्रणका लागि योजनाबद्ध कार्यक्रम नल्याउने हो भने यसले धेरै ठूलो समस्या निम्त्याउने पक्का छ ।
नेपालमा एसिड नामक लामखुट्टेबाट डेङ्गु, चिकनगुनिया, चाँदीपुरा भाइरस, मलेरियाजस्ता डरलाग्दा रोगको खतरा भने भुसुनाको टोकाइबाट कालाजार र मुसाको टोकाइबाट हुने स्क्रव टाइफस, प्लेगजस्ता डर लाग्दा ३७ रोगको खतरा रहेको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

बढ्दो गर्मीसँगै लामखुट्टे पनि सक्रिय हुने भएकाले यसको टोकाइबाट बच्नु नै सबैभन्दा उपयुक्त उपाय भएको चिकित्सकको भनाइ छ ।

लामखुट्टेको टोकाइबाट बच्न साँझमा घर बाहिर नबस्ने, लामा बाहुला भएका लुगा लगाउने, हातगोडामा तोरीको तेल लगाउने, राति सुत्दा झुल टाँगेर सुत्ने तथा घर वरपर पानी जम्ने खाल्टाखुल्टी भएमा पुर्नेजस्ता उपाय अपनाउन पनि चिकित्सकले सुझाएका छन् ।

यीबाहेक पनि सरकारी तवरबाट नै लामखुट्टे नियन्त्रणका लागि सहरमा ढलको उचित व्यवस्थापन तथा कीटजन्य रोग नियन्त्रणका लागि उपलब्धिमूलक कार्यक्रम गर्न आवश्यक देखिएको छ ।

यदि माथि उल्लेखितमध्ये कुनै एक रोगले पनि महामारीको रुप लिएमा यसको नकारात्मक असर नेपालको अर्थतन्त्र, उद्योग, शिक्षा तथा पर्यटनसमेत पर्ने भएकाले सावधानी अपनाउनु पर्ने देखिन्छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter