• Thursday, May 22, 2025

हात्तीपाइलेका बिरामी पत्ता लगाउन घरदैलो

 hattipaile

 

(कल्पना पौडेल)

काठमाडौँ । हात्तीपाइले (फाइलेरिया) रोगबाट ग्रसित बिरामीका तथ्याङ्क सङ्कलन गर्न धादिङ र कञ्चनपुर जिल्लामा घरदैलो गणना हुने भएको छ ।

हात्तीपाइले लागेका बिरामी कति, उनीहरुको अवस्था कस्तो छ, उपचार व्यवस्थापन कसरी भइरहेको छ र कसरी यसबाट हुने अपाङ्गतालाई रोक्न सकिन्छ भन्ने विषयमा पत्ता घरदैलो गणनाबाट सहयोग पुग्ने बताइएको छ ।

आगामी चैत २६ गते धादिङ र वैशाखको पहिलो साताबाट कञ्चनपुरका घरघरमा गएर गणना गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका हात्तीपाइले रोग निवारण अभियानका केन्द्रीय प्रतिनिधिले तुल्सीराम अधिकारी बताउनुभयो ।

उहाँले भन्नुभयो– “नमुनाका रुपमा अहिलेलाई दुई जिल्लामा गणना गर्न लागेका छौँ, यसको तथ्याङ्क सङ्कलन कार्यपछि अन्य जिल्लामा पनि कार्य सुरु गर्छौं ।”

पहिले गरिएको तथ्याङ्कअनुसार बिरामी नभएमा मानिसमा हात्तीपाइलेको जुका ‘उच्चेरिया बाँन्क्रोफ्टी’ छ कि छैन भनी गरिएको थियो । त्यस तथ्याङ्कले नेपालको जनसङ्ख्याको १३ प्रतिशत अर्थात् झन्डै ३९ लाखमा उक्त जुका भएको देखाएको छ । तर अहिले गर्न लागिएको गणनाले हात्तीपाइलेका बिरामीमा गरिने र यस्ता रोगीलाई कस्तो प्रकारको उपचार र व्यवस्थापन गर्न आवश्यक छ भनी कार्ययोजना बनाउन सहयोग पुग्ने अधिकारीले जानकारी दिनुभयो ।

“हात्तीपाइलेको जुका मानिसको शरीरमा देखिएको १० वर्षपछि लक्षण देखा पर्दछ, हामीले रोग नियन्त्रणका लागि औषधि सेवन कार्यक्रम सञ्चालन गरेका छौँ अब यस्ता बिरामीको बारेमा काम गर्नपर्ने समय आएको छ” अधिकारीले भन्नुभयो ।

गणना सङ्कलन गर्न स्थानीय स्वास्थ्यकर्मीलाई तालिम दिई उक्तरोगका बिरामीबारेमा सबै प्रकारको जानकारी लिन लगाइने बताइएको छ ।

हात्तीपाइलेको बाहिर देखिने लक्षण वा तत्काल देखिने लक्षण ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु गिर्खा भेटिनु र पछि अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनसक्छ ।

त्यसैगरी महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने, खुट्टा सुन्निएर, हात्तीपाइले हुनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुक्खा खोकी लाग्नु, दम बढ्नु, रगतमा इयोसिनोफिलको मात्रा बढ्नु र बिरामीले दैनिक क्रियाकलाप गर्न नसक्नु पछि अपाङ्गसमेत हँुदा सामाजिक र मानसिकरुपमा पनि असन्तुलित हुने हुनसक्छ ।

सरकारले यो रोग नियन्त्रणका लागि देशभर औषधि सेवन कार्यक्रमा पनि चैत १ गते सम्पन्न गरिसकेकको छ । ३६ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गरेको थियो भने २५ जिल्लामा औषधिको मात्रा पूरा भइसकोको छ । हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्थासमेत गरेको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter