• Wednesday, April 16, 2025

संविधानमा नब्बे प्रतिशतको जनमत कहीँ छैन – नेम्बाङ

 subhas

 

काठमाडौँ, २० चैत । पूर्वसभामुख सुवास नेम्बाङले नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट भएको बताउनुभएको छ ।

यहाँ आज थारु पत्रकार सङ्घको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधान विश्वमै उदाहरणीय बनेको बताउँदै संविधानसभाका सबै समिति समावेशी भएकाले समावेशी संविधानसभाले समावेशी संविधान बनाएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– “विश्वमा ९० प्रतिशत जनता सहभागी भएर आफ्ना लागि संविधान बनाएको इतिहास कुनै मुलुकमा छैन, त्यो हामीले गरेर देखाएका हौँ ।”

नयाँ संविधानमा कसैको चित्त नबुझेको भए त्यसलाई शान्तिपूर्ण छलफल गरी टुङ्गोमा पुग्न सकिने भएकाले आन्दोलनरत समूहलाई छलफलमा आउन एमाले संसदीय दलका उपनेता नेम्बाङले आग्रह गर्नुभयो ।

लामो छलफल र समय लगाएर नेपालीले आफ्ना लागि आफैँ बनाएको संविधानले सबै जातजाति ,वर्ग, समुदाय, पिछडा वर्ग र लैङ्गिक समावेशिताले पूर्ण संविधान बनेकाले सबैको ध्यान यसको कार्यान्वयनमा हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– “संविधान राम्रो बनेको छ, चित्त नबुझेका कुरामा छलफल गरी संशोधन गर्न सकिन्छ त्यसैले अबको चुनौती भनेको कार्यान्वयन हो, यसका लागि सबैको सहयोग चाहिन्छ ।”  रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter