यार्सा मौसम सुरक्षार्थ सशस्त्र प्रहरीको टोली डोल्पामा

yarsa

दुनै (डोल्पा), ३१ वैशाख । यार्सा मौसमको सुरुवातीसँगै डोल्पामा हुने गरेका चोरी, लुटपाट, हत्यालगायतका आपराधिक घटना न्यूनीकरणका लागि यस वर्ष पनि सशस्त्र प्रहरीको टोली डोल्पा आइपुगेको छ ।

यस वर्ष ६० जनाको टोली आज आइपुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । गत वर्षको यार्सा मौसमको सुरक्षाका लागि ४६ जनाको टोली डोल्पा आइपुगेको थियो ।

टोली सशस्त्र प्रहरी नायब उपरीक्षक नेतृत्वमा त्रिपुरा गण कोहोलपुरबाट आइपुगेको कार्यालयले जनाएको छ ।

विशेषगरी यस टोलीले यार्सागुम्बा बिक्रीका लागि छिमेकी राष्ट्र चीन जाने यार्सागुम्बा व्यापारीलगायत सर्वसाधारणको सुरक्षा पनि गरिने बताइएको छ ।

डोल्पा अन्य जिल्लाभन्दा भौगोलिक रुपमा ठूलो जिल्ला भएकाले जिल्लाभित्रको सुरक्षा टोलीले सुरक्षा दिन नसक्ने भएकाले २०७० र ७१ सालमा लगत्तै दुई वर्ष भएको करोडौँको लुटपाटलाई मध्यनजर राख्दै यस वर्ष हुने आपराधिक घटनाक्रममा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताउनुभयो ।

यो टोली ठाँगे, धो, काइगाउँ, माझफाल र सदरमुकाम दुनैमा क्याम्प खडा गरेर बस्ने बताइएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter