नेपाल गणित समाजको ३८ आंै वार्षिकोत्सव सम्पन्न

jiban

जेठ १ । नेपाल गणित समाजको आफ्नो ३८ औं वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालय गणित विभागमा जेठ १ गते आयोजना गरिएको सो कार्यक्रममा यस वर्ष गणित विषयमा विद्यावारिधि प्राप्त गरेका ६ जना युवा वैज्ञानिकहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको छ । मायाको चिनो प्रदान गरिनेहरुमा डा. सरस्वती आचार्य, डा. उर्मिला प्याकुरेल, डा. गोकुल के.सी., डा. कान्छाभाइ मानन्धर, डा. उमेश राजोपाध्याय र डा. राजुराम थापा रहेका छन् ।
उक्त ६ मध्ये डा. आचार्य र डा. प्याकुरेल नेपालमै गणित विषयमा विद्यावारिधि हासिल गर्ने महिलाहरुमा उल्लेखनीय रहेको समाजका उपाध्यक्ष प्रा. डा. नारायण प्रसाद पहारीले बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीद्वारा उद्घाटन गरिएको सो कार्यक्रममा गणित क्षेत्रमा लामो समयदेखि प्राध्यापन सहित उल्लेखनीय सेवा पु¥याउने प्रा.डा. भानुचन्द्र बज्राचार्य र प्रा.डा. शान्ती बज्राचार्यलाई समेत कदर–पत्र सहित सम्मान गरिएको थियो । प्रा. डा. शान्ती बज्राचार्य भने नेपालमा गणित विषयमा पहिलो महिला प्रोफेसर हुन् ।
समाजका अध्यक्ष प्रा.डा. टंकनाथ धमलाको सभापतित्वमा सम्पन्न उक्त सभामा बोल्दै सभापति प्रा.डा. धमलाले समाजका वर्तमान र भावी कार्यक्रममा माथि प्रकाश पारेका थिए । प्रा.डा. धमलाले स्वदेश तथा विदेशका विभिन्न प्राज्ञिक सस्ंथासँग सहकार्य गरी नेपालमा गणित विषयलाई अझ सशक्त, जीवनोपयोगी र सर्वव्यापी बनाउनु नै संस्थाको मूल उद्देश्य रहेको बताएका थिए ।
विश्वविद्यालयका भावी शैक्षिक कार्यक्रमहरु प्रकाश पार्दै प्रमुख अतिथि प्रा. डा. त्रिपाठीले नेपालका गणितिज्ञहरु निकै ऊर्जाशील रहेकोमा भनी प्रशंसा गरेकी थिइन् ।
कार्यक्रममा गणित केन्द्रीय विभागका प्रमुख प्रा.डा. केदारनाथ उप्रेती, विज्ञान संकायका डिन डा. चिरीक शोभा ताम्राकार र नास्टका सदस्य तथा समाजका पूर्व अध्यक्ष प्रा.डा. राममान श्रेष्ठहरुले शुभकामना मन्तव्य दिएका थिए ।
करिब २०० सहभागीका बिचमा सम्पन्न सो कार्यक्रमको दोस्रो सत्रको साइन्टिफिक सेसन -Scientific Session) मा दुईवटा साइन्टिफिक टक -Scientific Talks) समेत प्रस्तुत हँदा सभा अत्यन्तै रोचक भएको थियो ।
प्रा.डा. पुष्पराज अधिकारीद्वार सभापतित्व गरिएको दोस्रो सत्रमा ऐम्ब्री रिडल विश्वविद्यालय, संयुक्त राज्य अमेरिकाका प्रा.डा. हरिहर खनाल र काठमाडांै विश्वविद्यालयका प्रा.डा. कन्हैया झाले गणित विषयमाथि दुई भिन्ना भिन्नै पेपर प्रस्तुत गरेका थिए ।
अहिले देशभर ५३० आजीवन सदस्यहरु रहेको सो समाज ३९ वर्ष अघि गठन भएको समाजका केन्द्रीय सदस्य जीवन काफ्लेले बताए ।

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter