नेपालको संविधान विश्वमै उत्कृष्ट– नेता पोखरेल
भक्तपुर, १६ असोज । नेकपा (एमाले)का नेता शङ्कर पोखरेलले नेपालको संविधान विश्वकै उत्कृष्ट संंविधान भएको बताउनुभएको छ ।
भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका एमाले नगर कमिटीको प्रथम अधिवेशनको आज उद््घाटन गर्दै उहाँले अरु देशको तुलनामा नेपालको संविधान उत्कृष्ट भएको उल्लेख गर्नुभयो । संविधानमा नागरिकताको व्यवस्था भारतको भन्दा खुकुलो भएको बताउँदै उहाँले विश्वका नागरिकलाई नेपाली नागरिकता भने दिन नसकिने उहाँको भनाइ छ । पोखरेलले संविधान संशोधनमार्फत नागरिकताको व्यवस्था परिवर्तन गर्न नहुने तर्क राख्दै भन्नुभयो, “के संविधान संशोधन गरेर विश्वका नागरिकलाई नेपाली नागरिकता दिन सकिन्छ भनेर व्यवस्था गर्ने हो, यो हुनै सक्दैन ।” रासस