इन्धन आपूर्ति थप सहज बनाउन गृहकार्यः मन्त्री पुन
नेपालगन्ज, २ माघ । आपूर्तिमन्त्री गणेशमान पुनले मुलुकभरको इन्धन आपूर्ति व्यवस्थालाई थप सहज बनाउन गृहकार्य भइरहेको बताउनुभएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले राजनीतिका कारण सिर्जित आपूर्ति समस्यालाई राजनीतिक तहबाटै समाधान गर्न आन्दोलनरत दलसँग वार्ता र छलफल भइरहेको छ भन्नुभयो । रासस