नोटमा केरमेट नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश

 rupee

 

काठमाडौँ, ३० फागुन । सर्वोच्च अदालतले नोटमा केरमेट तथा जथाभावी स्टिच नलगाउन नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले नोटमा जथाभावी स्टिच तथा केरमेट नर्गन अन्तरिम आदेश दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई अधिवक्ता अनन्तराज लुईंटेल, मनोजकुमार खड्का, प्रवीन्द्रराज जोशी र रुद्रप्रसाद पाठकले यही फागुन २७ गते रिट निवेदन दायर गर्नुभएको थियो ।

निवेदनमा नोटका बिटामा केरमेट गर्ने, लेख्ने, स्टिच गर्नाले झुत्रो हुने हुँदा आफूहरूको सम्पत्तिसम्बन्धी हकमा समेत आघात पुगेको उल्लेख थियो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter