बेलायती राजकुमार ह्यारी काठमाडौँमा

prince harryनारायण न्यौपाने र विष्णु नेपाल काठमाडौँ, ६ चैत । बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमणमा आज अपराह्न यहाँ आइपुग्नुभएको छ ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी नेपाल आउनुभएको हो ।

राजकुमार ह्यारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृतले स्वागत अभिवादन गर्नुभएको थियो ।

नेपालका लागि बेलायती राजदूत रिचर्ड मरीस, लण्डनस्थित नेपाली राजदूतावासका कावा राजदुत तेजबहादुर क्षेत्री र अन्तर्राष्ट्रिय विकासका लागि बेलायती सहयोग नियोग (डिएफआइडी) का प्रमुखलगायतले पनि स्वागत गर्नुभएको थियो ।

राजकुमार ह्यारीले विमानस्थलबाट बाहिर निस्कने क्रममा हात हल्लाएर त्यहाँ उपस्थित सर्वसाधारणलाई अभिवादन गर्नुभएको थियो । राजकुमार ह्यारीका साथ विदेश राज्यमन्त्री ह्युगो स्वायरलगायत हुनुहुन्छ ।

नेपाल सरकारको निमन्त्रणामा राजकुमार ह्यारी पहिलोपटक नेपाल आउनुभएको हो । बेलायतकी महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गर्नुभएको थियो । युवराज चाल्र्स, तत्कालीन युवराज्ञी डायना र राजकुमार फिलिपबाट नेपालको भ्रमण भइसकेको छ । बेलयातसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने दक्षिण एसियामा नेपाल पहिलो मुलुक हो ।

राजकुमार ह्यारीको कार्यक्रम

प्रधानमन्त्री केपी शर्मा ओली र राजकुमार ह्यारीबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटघाटको कार्यक्रम रहेको छ । त्यसलगत्तै आजै साँझ राजकुमार ह्यारीको सम्मानमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले स्वागत समारोहको आयोजना गर्नुहुनेछ । सो अवसरमा राजकुमारले स्वागत समारोहमा सहभागी नेपाल सरकारका मन्त्रीहरु, उच्चपदस्थ अधिकृतसँग भेटघाट गर्नुहुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजकुमार ह्यारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आइतबार शिष्टाचार भेटको कार्यक्रम तय भएको छ ।

गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले पु¥याएको क्षतिप्रति राजकुमार ह्यारीले चिन्ता व्यक्त गर्दै नेपाल भ्रमणको चाहना राख्नुभएको थियो । नेपाल भ्रमणका क्रममा राजकुमार ह्यारीले गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले क्षति पु¥याएका ललितपुर र भक्तपुरका विभिन्न स्थलको अवलोकनसमेत गर्नुुहनेछ ।

उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्विक स्थलमा भूकम्पले पारेको क्षतिको अवलोकन गरी जानकारी लिनु हुनेछ । साथै उहाँले नागबहालस्थित ‘गोल्डेन टेम्पल’ को अवलोकन गर्ने कार्यक्रम छ ।

पुरातात्विक तथा ऐतिहासिक स्थल घुम्न र यसका बारेमा जानकारी राख्न उत्सुक राजुकुमार ह्यारीले ती स्थलमा भूकम्पले पु¥याएका क्षति र पुनःनिर्माणका बारेमा जानकारीसमेत लिनु हुनेछ । परम्परागत काष्ठकला र सीपका बारेमा पनि उहाँले जानकारी लिनु हुनेछ ।

सोही दिन राजकुमार भक्तपुर जानु भई भूकम्पपीडित समुदायसँग उनीहरूका भोग्नुपरेका दुःख र व्यथा सुन्नुहुने र सहानुभूति प्रकट गर्नुहुनेछ । नेपाल रेडक्रस सोसाइटीद्वारा त्यहाँ अवस्थित विपद्का समयमा वितरण गरिने आकस्मिक राहत सामग्रीका बारेमा पनि जानकारी लिनु हुनेछ ।

सो सामग्री बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले सोसाइटीलाई सहयोग गरेको थियो । राजकुमार ह्यारीले अस्थायी शिविरमा रहेका करिब २५० भूकम्पपीडितलाई सामूहिक रुपमा भेटघाट गर्नुहुनेछ । त्यहाँ राजकुमारले उनीहरुका अनुभवलाई सुन्नुहुनेछ ।

वर्दियामा वन्यजन्तु र जलयात्राको कार्यक्रम

सोमबार र मङ्गलबार राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा बिताउनुहुनेछ । वन्यजन्तु प्रत्यक्ष रुपमा हेर्न उत्सुक ३२ वर्षीय राजकुमारले बर्दिया राष्ट्रिय वन्यजन्तु निकुञ्ज रहेका वन्यजन्तु खासगरी गैँडा, हात्ती र बाघका बारेमा जानकारी लिनुहुनेछ ।

साथै उहाँले जलयात्राको मज्जासमेत लिनुहुनेछ । विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पु¥याउँदै आएको छ । त्यहाँका वन्यजन्ुत हेर्न हरेक वर्ष करिब १० हजार विदेशी पर्यटक जाने गर्दछन् ।

पदयात्रा, होमस्टे र दृश्यावलोकन

पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जानुहुनेछ । उहाँले भूपू गोर्खा सैनिकका परिवारजनसित भलाकुसारी समेत गर्नुहुनेछ । सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जानुहुने यहाँस्थित बेलायती दूतावासले जनाएको छ ।

राजकुमार ह्यारीले लमजुङमा गोर्खा होमस्टेमा रात बिताउनुहुने कार्यक्रम छ । पोखरा, लमजुङ र बर्दिया घुमाइका क्रममा स्थानीय समुदायबाट प्रदर्शित हुने लोकसंस्कृतिको राजकुमारले प्रत्यक्षरुपमै रसास्वादन गर्नुहुनेछ । उहाँले सूर्याेदय तथा सूर्यास्तको मनमोहक दृश्यावलोकनको समेत आनन्द लिनुहुनेछ ।

भ्रमणका क्रममा राजकुमारबाट नेपालमा पहिलोपटक आयोजना हुन लागेको बालिका सम्मेलनमा सहभागी हुुनुहुनेछ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ), बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)को आर्थिक एवम् प्राविधिक सहयोगमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले सो सम्मेलन आयोजना गर्न लागेको हो ।

राजकुमारले सोही दिन कान्ति बाल अस्पताल जानुभई अस्पतालको नवजातशिशु कक्षसहित विभिन्न बार्डको कामका बारे जानकारी लिनुहुनेछ । त्यस्तै सानोठिमीस्थित प्राविधिक विद्यालय जानुभई प्राविधिक शिक्षाका बारेमा जानकारीसमेत लिनुहुनेछ । भ्रमणको अन्तिम दिन राजकुमार ह्यारीले आफ्ना अनुभव सार्वजानिकसमेत गर्नुहुनेछ ।

सन् १८५२ मा प्रधानमन्त्री जङ्गबहादुर राणाबाट प्रारम्भ भएको उच्चस्तरीय नेपालबाट बेलायत भ्रमण आदानप्रदानले दुईदेशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउँदै आएको छ । बेलायतले नेपालको आर्थिक तथा सामाजिक विकासमा ठूलो सहयोग पु¥याउँदै आएको छ ।

साहस र वीरताका लागि प्रख्यात नेपाली युवाहरु सन् १८१५ देखि बेलायतको गोर्खा ब्रिटिस फौजमा समावेश गरिँदै आएको छ । पहिलो र दोस्रो विश्व युद्धमा ४० हजार गोर्खा सैनिकले ज्यान गुमाएका थिए । गोर्खा सैनिकमा कार्यरत १३ नेपाली विश्व प्रख्यात भिक्टोरीया क्रस पदकबाट विभूषित भइसकेका छन् ।

राजकुमार ह्यारीले सन् २००७÷८ मा अफगानास्तिानमा खटिएको गोर्खा सैनिकसँग सहभागी भएर सेवासमेत गर्नुभएको थियो । सो सेवाका क्रममा गोर्खा सैनिकको कामबाट प्रभावित हुनुभएका ह्यारीले ‘गोर्खा सैनिकका बीचमा रहँदाको जस्तो सुरक्षा अन्त कतै नहुने महसुस गरेको’ टिप्पणी गर्नुभएको थियो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter