पुपाल यार्सा महोत्सव सुरु

yarsa

रन्मामैकोट (रुकुम), ९ जेठ । बहुमूल्य जडीबुटी यार्सा (जीवनबुटी)को संरक्षण गर्दै त्यसको प्रचार–प्रसारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउने उद्देश्यले रुकुमको उत्तरी क्षेत्रमा रहेको विकट गाउँ रुन्मामैकोट गाविसको हान्पामा पटक पुपाल यार्सा महोत्सव सुरु भएको छ ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा आजदेखि सुरु भएको महोत्सवको सभामुख ओनसरी घर्तीले उद्घाटन गर्नुभयो ।

समुद्र सतहदेखि करिब तीन हजार ३०० मिटरको उचाइमा रहेको हाल्पाडाँडामा महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक लक्ष्मीप्रसाद पुनले जानकारी दिनुभयो ।

नेपालमै पहिलो पटक आयोजित यार्सा महोत्सव यही जेठ २३ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा सभामुख घर्तीले दुर्लभ मानिने जैविक विविधताको संरक्षणका लागि वन मन्त्रालयबाट विधेयक आउन लागेको जानकारी पाएको बताउँदै ऐन नबनुन्जेलसम्म आफ्नो सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

उद्घाटन कार्यक्रममा हेलिकप्टरबाट आउनुभएका सभामुख घर्तीसँगै वनमन्त्री अग्नि सापकोटा, आपूर्तिमन्त्री गणेशमान पुन, संसद्को सार्वजनिक लेखा समितिका संयोजक जनार्दन शर्माको समेत सहभागिता थियो ।

वनमन्त्री सापकोटाले मानवीय र जलवायु परिवर्तनका कारण यार्सा लोप हुँदै गएको बताउनुभयो । यसलाई जोगाउन सबै लाग्नुपर्ने र मन्त्रालयले पनि संरक्षणको पहल सुरु गरेको जानकारी उहाँले दिनुभयो ।

आपूर्तिमन्त्री पुनले यार्सा पर्यटन विकासका लागि पूर्वाधार निर्माणको काम थालिएको बताउनुभयो ।

वन मन्त्रालयका सहसचिव विजयराज पौडेलले महत्वपूर्ण जडीबुटी पाउने यो क्षेत्र विश्वमै उत्कृष्ट भएकाले यसको संरक्षण गर्न यसै क्षेत्रमा आएर दिवस मनाएको जानकारी दिनुभयो ।

महोत्सवस्थल रुकुमको सदरमुकाम मुसिकोट खलङ्गाबाट करिब ४२ कोष उत्तर पूर्वमा पर्छ । त्यहाँ पुग्न तीन दिन लाग्छ ।

नेपालभित्र उच्च गुणस्तरको यार्सा पाउने क्षेत्रका रुपमा पुपाल लेकलाई चिनिन्छ । दुई दिनपछि बन्दुक पड्काएर यार्सा सङ्कलन खुल्ला गर्ने तयारी भएकाले स्थानीयवासी परिवारसहित नै यार्सा पाउने क्षेत्रमा आवासीय रुपमा बस्न थालेका छन् ।

यो यार्सा शक्तिवद्र्धक जडीबुटीका रुपमा चिनिन्छ । यसको मूल्य गएको वर्ष प्रतिकिलो ३४ लाखसम्म परेको स्थानीयवासीले बताएका छन् ।

उद्घाटनका बेला स्थानीयवासीले आफ्नै मौलिक वेशभूषा, संस्कृति र नाचगान प्रस्तुत गरेका थिए । महोत्सवमा ३० वटा स्टल राखिएका छन् । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter