खानेकुरा नभएपछि कडा कुपोषण

kuposan

(सीताराम अधिकारी)

मलेखु (धादिङ), ९ जेठ । एकसरो लगाउने लुगा छैन । खानेकुरा सकिएको छ । ज्याला गरेर मात्र उनीहरुको परिवार पालिएको अवस्था छ ।

जोगीमारा–७, धुसराङ निवासी ४० वर्षीया विष्णुमाया चेपाङले पाँच महिनाअघि जन्माएको छोरा अति कुपोषणको सिकार भएको छ । गाउँमै हरियो भन्ने चिज छैन । घरमा खाने अन्न छैन । आमाले खान पाए पो दूध आउँछ र शिशुले दूध खान पाएर बढ्छ तर उसले आमाको दूध चुस्न नपाएपछि बढ्न नसकेको उनकी आमा विष्णुमायाको भनाइ छ ।

नौ शिशु जन्माएकी विष्णुमायाका हाल पाँच शिशु मात्र जीवित छन । सबै शिशु कुपोषणले ग्रस्त छन् । लगाउने एक धरो कपडा समेत छैन । हिँड्न सक्ने शिशु गाउँमा माग्न जान्छन् र अलि ठूला भएका कतै सानोतिनो ज्याला गर्न जान्छन् । ज्याला नपाएको दिन परिवार भोकै समेत पर्ने गरेको अनुभव विष्णुमायासँग छ ।

साधारणतया जन्मनेबित्तिकै शिशुको तौल तीन किलोग्रामको हाराहारीमा हुन्छ । विष्णुमायाको पाँच महिना पुगेको शिशुको तौल दुई किलोग्राम ५०० ग्राम मात्र छ । यस अवधिमा बच्चाको तौल करिब पाँच वा छ केजीसम्मको हुनुपर्ने हुन्छ । अलि ठूलो टाउको तथा ठूला मान्छेका औँला जत्रा मात्र हात र खुट्टा छन् । ख्याउटे शिशु बिरामी भएर आँखा मात्र हेरिरहेको अवस्थामा विष्णुमायाको शिशु भेटिएको पोषणसम्बन्धी काम गर्ने संस्था एसडिपिसीका जिल्ला संयोजक पूजा गुभाजुले जानकारी दिनुभयो ।

इन्टरनेसनल मेडिकल कर्पसको सहयोगमा एसडिपिसीले कडा कुपोषण भएको शिशुलाई उपचार र पोषणयुक्त खानेकुरा खुवाउने कार्यमा सहयोग गर्दै आएको छ । कुपोषित अवस्थाका बिरामीलाई सहयोग गरेजस्तै विष्णुमायाको पाँच महिनाको शिशुलाई उद्धार गरी उपचारमा राखिएको छ । उसलाई एफ ७५ र एफ १०० उपचार विधिबाट उपचार गरिँदै गरेको गुभाजुले जानकारी दिनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter