मानवाधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध – प्रधानमन्त्री

PM at NHCR Function

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मानवाधिकारको रक्षा र संरक्षण गर्न प्रतिबद्ध भएको बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको १७औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित चियापानमा उहाँले मानवाधिकारको अवस्था अझ सुदृढ बनाउँदै लानुपर्छ, मानवअधिकारको रक्षाका लागि सरकार सदा समर्पित रहनेछ भन्नुभयो । प्रधानमन्त्री ओलीले बेला बेलामा हुने गरेको राजनीतिक असहमतिका कारण पनि मानवाधिकारको हनन हुने गरेको बताउँदै राजनीतिक दलबीचको समस्याको चाँडै समाधान खोज्ने बताउनुभयो ।

आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकारको संरक्षण गर्नका लागि राजनीतिक दलबीच देखिएको असमझदारीलाई चाँडो सहमति गर्दै भूकम्पबाट घरबारविहीनलाई बर्खाअगावै आवास निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आयोगले गरेका सिफारिसलाई कार्यान्वयन गर्न सरकारलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै मानवको स्वतन्त्रता, समानता, मर्यादा र सम्मानपूर्वक बाँच्न पाउने विषय मानिसको नैसर्गिक अधिकारका रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा ‘आयोगले गरेका महत्वपूर्ण सिफारिसको सँगालो–२०७३’ र गतिविधि समेटिएको ‘संवाहक’ पत्रिका सार्वजनिक गरिनाका साथै पन्ध्र वर्षदेखि निरन्तर सेवा गर्दै आउनुभएका आयोगका छ कर्मचारीलाई सम्मान गरियो । आयोगले ‘दयाराम परियार मानवअधिकार स्मृति सम्मान, २०७२’ बाट जनकपुरका पत्रकार श्यामसुन्दर शशि र बेचबिखनमा परेका महिलाको उद्धार तथा पुनःस्थापना गर्दै आउनुभएकी चरिमाया तामाङलाई पनि सम्मान गरेको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter