भूकम्पपछि हराउँदै बालबालिका

Childrenबनेपा, १३ जेठ । काभ्रेपलाञ्चोकमा भूकम्पपछि हराउने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । भूकम्पले घर भत्काएको, बासस्थानको अभाव, अभिभावकत्व गुमाएका, तनाव, बसाइँसराइ र विभिन्न प्रलोभनका कारण बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ । हराएकामध्ये बालिकाको सङ्ख्या सबैभन्दा बढी छ भने बालकको सङ्ख्या कम देखिएको छ । हराएका केही भेटिएका पनि छन् भने केही अझै फेला परेका छैनन् ।

गरिबी, अशिक्षा, भूकम्पका कारण विस्थापन र बालबालिका स्वयम् आफूखुसी हिँड्ने प्रवृत्ति बालबालिकामा देखिएकाले पनि हराएका छन् जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले भन्नुभयो ।
प्रहरीले दिएको तथ्याङ्कअनुसार आव २०७२÷०७३ मा मात्रै जिल्लाबाट १७ बालिका र १० बालकसहित २७ जना हराएकोमा १४ बालिका र आठ बालक भेटिएका छन् भने पाँच जना बालबालिका अझै हराइरहेका छन् ।
प्रहरी उपरीक्षक वास्तोलाले कतिपयका अभिभावकले हराएको बालबालिकाको उजुरी गरेको तर भेटिएका बालबालिकाका बारेमा जानकारी नदिँदा समस्या भएको उल्लेख गर्दै प्रहरी कहाँ उजुरी गरेपछि मुद्दाको टुङ्गो नलागुञ्जेलसम्म सहयोग गर्न अभिभावकलाई आग्रह गर्नुभयो ।

प्रहरीका अनुसार आव २०७१÷०७२ मा बालिका १५ र बालक नौसहित २४ जना हराएकोमा बालिका १२ र बालक सात भेटिएको भए पनि पाँच जना अझै फेला परेका छैनन् । त्यस्तै आव २०७०÷०७१ मा बालक १४ र बालिका ११ सहित २५ जना हराएकोमा बालक आठ र बालिका छ जना फेला परे पनि ११ बालबालिका अझै नभेटिएको प्रहरीले जानकारी दिएको छ । हराएका बालबालिकाको उमेर ८ वर्षदेखि १४ वर्षसम्मको रहेको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter