झोङ गुफा ः पर्यटकको आकर्षण केन्द्र बन्दै

lxdfn kf/Lsf] lhNnf d':tfªsf] 5f];]/ uf=lj=;=l:yt kfFr tNn], Ps ;o $$ sf]7f /x]sf] em]fª u'kmf . tl:j/M jf;'b]j kf}8]n, kf]v/f, /f;;

वासुदेव पौडेल / मुस्ताङ, ३१ जेठ । सुन्दा अचम्म लाग्न सक्छ, हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भागमा रहेको झोङ गुफामा पाँच तला र १४४ कोठा छन् । उपल्लो मुस्ताङको लोमन्थाङबाट चीन र नेपालबीचको नाका कोराला जाने बाटोमा अवस्थित यो गुफा पछिल्ला वर्षमा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो ।

मुस्ताङको चीनसँग जोडिएको अन्तिम गाविस छोसेरमा रहेका प्रकृति प्रदत्त विभिन्न अनौठा कुरा मध्येको एक यो गुफा हेर्नका लागि स्वदेशी एवम् विदेशी पर्यटकको भीड लाग्ने गरेको छ । स्थानीय युवा छिरिङ फिन्जोक गुरुङका अनुसार नेपालको भौगोलिक विधिताको अध्ययन र भूगर्भविद्का लागि यो गुफा अध्ययनको विषय बनेको छ ।

विगतमा पर्यटक सदरमुकाम जोमसोमदेखि चार दिनको पैदल यात्राबाट उक्त गुफा पुग्ने गरे पनि अहिले गुफासम्मै सवारीसाधन पुग्ने भएकाले सहज भएको छ । यहाँ राखिएको विचार पुस्तिकामा पर्यटकले अर्कै संसारको अनुभूति तथा आश्चर्यजनक प्राकृतिक सम्पदाका रुपमा आफ्ना विचार व्यक्त गरेका छन् । नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउने पोखरा पर्यटन परिषद्का महासचिव रामु गौतम नेपालमा भएका सम्पत्ति एवम् सम्पदाको प्रचार गर्न नसक्दा पनि विकासको मार्गमा गति लिन नसकेको धारणा राख्नुहुन्छ ।

“नेपालभित्र यस्ता आश्चर्यजनक गुफा, छाँगा छहरा पर्याप्त भएर पनि तिनको उपयोग हुन सकेको छैन,” उहाँले भन्नुभयो– “उपलब्ध प्राकृतिक उपहारको संरक्षण गर्दै प्रचार–प्रसारलाई व्यापक बनाउनुपर्छ ।” प्राचीन समाजको मानव सभ्यताको झल्को दिने उक्त गुफाका सम्बन्धमा विभिन्न किंवदन्ती पनि पाइन्छ ।

एक किंवदन्तीअनुसार परापूर्व कालमा तिब्बतियन आतङ्ककारी समूहले छोसेरमा आक्रमण गर्दा त्यहाँका बासिन्दा झोङ गुफामा गएर लुकेर बसेका थिए । आतङ्ककारी समूहले पानीको मुहान थुनिदिएछन् । तर गाउँलेले विवेक प्रयोग गरी सो समूहलाई त्यहाँबाट भगाइदिएपछि त्यसको प्रतिकारमा आतङ्ककारी समूहले गुफाभरि तेल पोखिदिएको भन्ने जनविश्वास छ । त्यसैका कारण अहिले पनि गुफा भित्रको भागमा तेल पोखिएजस्तो देखिन्छ ।

गाउँलेले आतङ्ककारी समूहलाई भगाएपछि त्यसको सुरक्षाका लागि चट्टानमा ससाना गुफा बनाई त्यसैमा लुकेर सुरक्षा दिन थालेका र त्यसको अवशेष अहिलेसम्म पनि रहिरहेको जनविश्वास छ । हिमालयन छोसेर युथ क्लबले संरक्षण गर्दैआएको गुफालाई व्यवस्थित गर्न छोसेर गाविसले समेत प्राथमिकता दिँदैआएको छ । यस गुफासहित निफु र गर्फु गुम्बाको अवलोकनका लागि विदेशी पर्यटकसँग रु एक हजार तथा स्वदेशी पर्यटकसँग रु एक सय शुल्क लिने गरिएको हिमालयन छोसेर युथ क्लबकी सदस्य टसी वाग्मो गुरुङ बताउनुहुन्छ ।

गाविस कार्यालयमार्फत गत वर्षदेखि बोलपत्र आह्वान गरी सञ्चालनको जिम्मा दिने गरिएको र प्राप्त राजस्व गुफाको संरक्षण र विकासमा खर्चिने गरिएको छ । गुफाभित्र रहेका कोठामा बत्ती बाल्ने ठाउँ, विभिन्न सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न कलाकृति पनि देख्न सकिन्छ । झट्ट हेर्दा प्राचीनकालको तारे होटलजस्तो देखिने यस गुफाको खोज–अनुसन्धान नभएका कारण यहाँको ऐतिहासिका महत्व र सम्भावना सबैको चासो चर्चाको विषय हुने गरेको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter