पूर्वी पहाडको समृद्धको आधार पाथीभरा भगवती

pathibhara

विद्रोही गिरी / ताप्लेजुङ, ३१ जेठ । पूर्वी पहाडको भ्रमणमा निस्कने अधिकांश मान्छे मात्रै पाथीभरा भगवतीको दर्शन गरेर फर्कन्छन् । झापाको चारआलीबाट इलाम लागेपछि त्यहाँबाट पाँचथर पुग्नेहरु एक पटक पाथीभरा पुग्ने गरेका छन् । धार्मिक र सांस्कृतिक महत्वको यो ठाउँ हिन्दूहरुको आस्थाको केन्द्रविन्दु हो ।

नेपाल र भारतका हिन्दू अनुयायीहरु एकपटक पाथीभराको दर्शन गर्न लालायित हुुुने गर्दछन् । भारत र चीन दुवै देशको सीमा ताप्लेजुङले छुने गरेको छ । मान्छेमा नयाँ ठाउँ र नयाँ चिज देख्ने रहर हुन्छ । एक ठाउँको मान्छेलाई अर्को ठाउँमा पुग्दा धेरै कुरा नयाँ हुन्छन् । पाथीभरा पुग्दा यी चिज मान्छेले अनुभव गर्न पाउँछन् मेची पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष रणबहादुर खड्काले भन्नुभयो–“पाथीभरा भगवतीको दर्शनले मनले आँटेका कुरा पुग्ने भएकाले पनि मान्छेहरु यहाँ आउँछन् ।”

काठमाडौँ हुँदै सिन्धुलीबाट बर्दिवासदेखि चारआली लागेपछि पूर्वी पहाडको सुन्दरताको ‘रानी’ भेट्न मनमा उत्सुकता जाग्दो हुन्छ । इलामको कन्याम, सुर्योदयको मनोरम दृश्यसँगै, चियाको चुस्की लगाउँदै घोडा चढ्ने रहर यहाँ आउने पर्यटकले राख्ने गर्दछन् ।

प्राकृतिक सुन्दरता र धार्मिक दृष्टिकोणले बाहिरका मान्छे यहाँ आकर्षित हुने गरेको पत्रकार रामेश्वर कार्की बताउनुहुन्छ । इलामको चिया बगान हेर्न, परिवारसँग घुम्न मात्र होइन, पाँचथर किरात धर्मगुरु फाल्गुणानन्दको समाधिस्थल र लिम्बूहरुको उद्गमस्थलका रुपमा बुझ्ने हिलिहाङ राजाको दरबार अवलोकन गर्ने, अनि पाथीभरा पुग्दा घुमाइले अर्थ राख्छ । राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनका सचिव कृष्णहरि खत्रीले भन्नुभयो–“शिरको पाथीभरा मन्दिर इलाम, पाँचथर ताप्लेजुङको विकासको आधार हो ।”

तीन हजार ७९२ मिटर अग्लो स्थानमा रहेको पाथीभरा भगवतीको मन्दिर नेपाल र भारतका हिन्दू अनुयायीहरुका लागि पुग्नै पर्ने स्थलका रुपमा रहेको छ । प्राकृतिक रुपमा रेडपान्डा, २२ प्रजातिका लालीगुराँस, कञ्चनजङ्घा, कुम्भकर्णजस्ता हिमालले यहाँको सुन्दरतामा निखार ल्याएको छ । यो सुन्दरतामा जो कोही पनि लट्ठ पर्छ ।

भारतका पश्चिम बङ्गाल, आसाम, मेघालय, सिक्किमबाट आउने पर्यटक यहाँ खचाखच हुने गर्दछन् । उनीहरु भगवतीलाई मान्ने भएकाले पाथीभराका लागि आउने गरेका हुन् ।

धरान, विराटनगर, धनकुटा झापालगायतका ठाउँबाट पारिवारिक मनोरञ्जनका लागि मान्छेहरु यी जिल्ला पुग्ने गर्दछन् । जेठको २२ गते २५ जिल्लाका मान्छे पाथीभराको मन्दिर पुगेका थिए । यो जिल्लाको सङ्ख्यालाई आधार मान्दा एक तिहाइ जिल्लाका बासिन्दा पाथीभरा गएको देखिन्छ । यसरी आउने मान्छेको खर्चले यहाँको विकासलाई अगाडि लैजाने स्थानीयवासीले विश्वास लिएका छन् ।

पाथीभरा भगवतीको दर्शनले मनोकामना पूरा हुने भन्ने जनविश्वास छ । सन्तान नहुनेलाई सन्तान प्राप्त हुनेजस्ता वर यहाँ माग्न सकिने र मनोकामना पूरा हुने भएकाले यहाँ आउनेहरु सोही आस्थाका हुने पाथीभरा क्षेत्र विकास समितिका निर्देशक उदय भट्टराईले बताउनुभयो ।

यहाँ आउने पर्यटकले शेर्पा, किरात, लिम्बू, गुरुङको आफ्नै जातीय सांस्कृतिक रहनसहनको अनुभव गर्न सक्छन् । सम्भावना प्रशस्त भए पनि यहाँका पर्यटकीय स्थलसम्म पुग्न सक्ने पूर्वाधारको काम नहुँदा पर्यटकहरुको सङ्ख्या बढ्न नसकेको मेची पहाडी पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष रणबहादुर खड्काले बताउनुभयो ।

पर्यटकका लागि यहाँ खान बस्नको समस्या रहेकाले होमस्टेलाई प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । पाथीभरा आउने पर्यटकको बसाइँ लम्बाउनका लागि स्थानीय संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नु पनि उत्तिकै आवश्यक छ ।

सूचनाका लागि देखिने गरी पर्याप्त होर्डिङबोर्ड राख्न आवश्यक छ । पाथीभरा मन्दिरको फेदीसम्म पुग्नका लागि ताप्लेजुङको फुङ्लिङ बजारदेखि काफ्लेबारीसम्मको ११ किलोमिटर सडकलाई पिच गर्नुपर्छ । विमानबाट सुकेटार उत्रिनेहरुको सुविधाका लागि पनि सजिलै पाथीभरा पुग्न सक्ने बाटोको व्यवस्था नभएको गुनासो नाटाका सङ्गम शेर्पाले गर्नुभयो । उहाँले भन्नुभयो– “पाथीभरा जाँदा ठाडै उकालो भएकाले तीन किमी क्षेत्रमा दायाँ बायाँ रेलिङ र विश्राम गृहहरु बनाउनुुपर्छ ।”

पाथीभरा मन्दिरमा चढाएका भेटीलाई व्यवस्थित गर्नसके वार्षिक झन्डै रु दुई करोड ५० लाखको हारहारीमा आम्दानी हुन सक्ने हुँदा यहाँको समृद्धिको आधार बन्नेसक्ने स्थानीयवासीको भनाइ छ । पाथीभरा क्षेत्र विकास समितिका निर्देशक भट्टराईका अनुसार पछिल्लो दुई महिनामा रु ४२ लाख भेटी उठेको छ । यसभन्दा अगाडिको भेटीको लेखाजोखा नै नभएको बताउँदै उहाँ भन्नुहुन्छ – “ पाथीभरा मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिले यहाँको रेखदेख गर्दै आएको थियो, उनीहरुको समन्वयमा हामीले काम थालेका छौँ ।” रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter