काठमाडौं, असार २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट कसैले विमुख बन्न पनि नमिल्ने बताउनु भएको छ । प्रधानमन्त्री श्री केपी शर्मा ओलीले बाढी, पहिरो,प्राकृतिक विपद् र कोरोनानियन्त्रण सम्बन्धमा विहीबार गर्नुभएको सम्बोधनमा सो कुरा उल्लेख गुर्नभएको हो । प्रधानमन्त्रीले सम्बोधनमा भन्नुभएको छ, “अहिले कतिपय राजनीतिक विषय […]
काठमाडौँ, असार २० गते । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको आन्तरिक शक्तिसंघर्षमा कांग्रेसले सत्ताको दाउ हेर्न नहुने बताएका छन् । बागमती प्रदेशस्तरीय जुम मिटिङमा नेता पौडेलले कम्युनिस्टहरूमा समस्या सिर्जना गर्ने, तर समाधान दिन नसक्ने संस्कार रहेको भन्दै उनीहरूको अप्ठ्यारोमा कांग्रसले दाउ हेर्न नहुने बताएका हुन् । ‘कम्युनिस्टहरूले दुईतिहाइ पचाउन सकेनन् । कोरोना र सलहको […]
काठमाडौँ, असार १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि समेटेर नक्शा छापे वापत मुलुकको सरकार परिवर्तन हुने विगतको जस्तो कमजोर राष्ट्रियताको स्थिति अहिले नरहेको स्पष्ट गर्नुभएको छ । जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)को प्रकाशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ विषयको कार्यक्रममा नेपाल […]
चाँदनी हमाल / काठमाडौँ, जेठ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ नियन्त्रण र त्यसपछिको विकासका लागि विश्वव्यापी रुपमा बहुपक्षीय सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको पहलमा भएको कोभिड–१९ र त्यसपछाडिको युगमा विकासका लागि लगानी शीर्षकमा भएको उच्चस्तरीय भर्चुअल बैठकमा सम्बोधन गर्नुहुँँदै उहाँले संयुक्त रुपमा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो […]
काठमाडौँ, चैत १६ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको विश्वव्यापी महामारीका घडीमा आवागमनको अधिकारभन्दा आमनागरिकको जीवन महत्वपूर्ण भएकाले जो जहाँ छ त्यही रहनु सर्वोत्तम उपाय हुने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) लाई अन्तर्वार्ता दिने क्रममा मन्त्री ज्ञवालीले यस विश्वव्यापी महामारीको सामना गर्न विश्व व्यवस्था पूर्व तयारीमा नभएकाले यसले शक्तिशाली मुलुकलाई समेत हल्लाएको […]
काठमाडौँ, फागुन २४ गते । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउनु अहिलेको केन्द्रीय कार्यभार भएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले समाजवाद निर्माणको आधार तयार गर्न सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताउनुभएको हो । “सरकारलाई सफल नबनाइए जनतामा निरासा छाउँछ, […]
पोखरा, फागुन १२ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास अहिले मुख्य एजेन्डा भएको बताउनुभएको छ । नेकपा गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपालका लागि सुशासन र विकासलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न […]
काठमाडौँ, फागुन ९ गते । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय कम्युनिस्ट शासन जनताबाट विमुख हुन खोजेको टिप्पणी गरेका छन् । प्रचण्डले विश्व राजनीतिक इतिहासमा देखिएको यो प्रवृत्ति नेपालको सन्दर्भमा पनि देखिने संकेत आउन खोजेको बताएका छन् । ‘बीसौं शताब्दिको सुरूमा महान क्रान्तिहरू कम्युनिस्टहरूबाटै भए पनि पछि एकजनाले पनि बलिदानी नगरी त्यो सत्ता […]
सुर्खेत, फागुन ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताउनुभएको छ । सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने भए पनि तत्कालै सम्भावना नरहेको बताउनुभयो । “प्रदेशको बनावट अहिले जस्तो छ सधैँभरि त्यस्तै हुँदैन, […]
पोखरा, माघ २२ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा आयोजित विश्व शान्ति पूजाको समापन एवम् सङ्घको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पर्वतीय पर्यटनको उपयोग गर्दै देशमा आर्थिक […]