समाचार

टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन मन्त्री शर्माको आग्रह

काठमाडौं, जेठ २० गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन आग्रह गर्नुभएको छ । मन्त्रालय, नेपाल टेलिकम सञ्चालक समिति र टेलिकमका उच्च अधिकारीहरु सम्मिलित अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सेवा र राजश्व वृद्धिमा ध्यान केन्द्रित गर्न पनि निर्देशन दिनुभयाे […]


दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज

हेटौँडा, जेठ १९ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ । दुग्ध उद्योगका रूपमा सञ्चालित उक्त सहकारीले उत्पादित दूध खरिद गरिदिएपछि यहाँका कृषक उत्पादन बढाउन लागिपरेका हुन् । उद्योगमा दैनिक चार हजार दुई सय लिटर दूध सङ्कलन […]


तनहुँमा ड्रागन खेती

तनहुँ, जेठ १९ गते । यहाँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लाग्नुभएको हो । करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक रू बीस हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक […]


यस वर्ष मनसुन ढिलागरी नेपाल भित्रिने, गर्मी अझै बढ्ने

काठमाडौं, जेठ १८ गते । केही दिन यता काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम वृद्धि हुँदैगएको छ । यस बर्ष मनसुन केही ढिलागरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौंको अधिकतम तापक्रम २९ डिग्री सेन्टिग्रेट रहेको छ । केही दिन काठमाडौंको तापक्रम पनि बढ्ने […]


गाउँमै चोयाचित्रो उद्योग स्थापना

प्युठान, जेठ १८ गते । झिमरुक गाउँपालिका–५ की शर्मिला थापाको दैनिकी अहिले फेरिएको छ । घरायसी काम र खेतबारीका काममा व्यस्त हुने शर्मिला अहिले भने गाउँमै चोयाचित्रोको सिप सिक्न व्यस्त हुनुहुन्छ । बिहान खाना खाएपछि उहाँ गाउँको सामुदायिक भवनमा पुगेर बाँसका सामग्री बनाउन थाल्नु हुन्छ । “डेढ महिनादेखि बाँसका सामान बनाउन सिकिरहेको छु,” थापाले भन्नुभयो, […]


विश्व बैङ्कद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

काठमाडौं, जेठ १७ गते। नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैङ्कका लागि माल्दिभ्स, नेपाल र […]


तरकारी खेतीमा रमाउँदै युवा कृषक

रजनी योगी / सुर्खेत, जेठ १७ गते । वीरेन्द्रनगर नगरपालिका–९ की ३० वर्षीय आशा घिमिरे पाँच वर्षदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न हुनुहुन्छ। दुई बिघा जग्गामा गरिएको मौसमी र बेमौसमी तरकारी खेतीबाट घिमिरेले तरकारी बेचेर वार्षिक सरदर आठ लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ। आधुनिक तरिकाले खेती गर्न थालेपछि उत्पादन बढेसँगै आम्दानी पनि विगतको तुलनामा बढेको […]


सांसद कोषलाई व्यक्तिगत पैसा दिए जस्तो विश्लेषण नगरौँ : अर्थमन्त्री महत

काठमाडौं, जेठ १६ गते। अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदलाई व्यक्तिगत रूपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताउनुभएको छ। मंगलबार आर्थिक वर्षको २०८०/०८१ को बजेटका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो। मन्त्री महतले सरकारले अहिले जसरी व्यक्तिगत रूपमा सांसदलाई पैसा बाँड्नेको जस्तो प्रचार […]


नेपाली कांग्रेसको झण्डा र चुनाव चिह्न सगरमाथामा

काठमाडौं, जेठ १६ गते। सगरमाथा आरोहीद्वय ग्याल्जेन शेर्पा र पेमारिन्जी शेर्पाले सगरमाथाको चुचुरोमा नेपाली कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुख फहराउनु भएको भएको छ। उहाँहरूले जेठ १० गते सगरमाथा आरोहणको क्रममा झण्डा र निर्वाचन चिह्न फहराउनु भएको हो। सगरमाथा आरोहणपछि आज आज नाम्चे आइपुग्नु भएका आरोही शेर्पाद्वयले सो जानकारी दिनुभएको हो। आरोही ग्याल्जेन ओखलढुंगा […]


सुमन र मन्जुलाई एभरेस्ट म्याराथन उपाधि

काठमाडौं, जेठ १५ गते । १९औ तेन्जिङ हिलारी एभरेस्ट म्याराथन (४२ किमी) पुरुषतर्फको उपाधी सुमन कुलुङ राई र महिलातर्फ मन्जु रावतले जित्नुभएको छ । सगरमाथा आधार शिविरदेखि नाम्चे बजारसम्मको दुरी सुमनले ३ घन्टा ४८ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो । महिलामा मन्जुले ५ घन्टा २८ मिनेटमा दुरी पूरा गर्नुभयो । उपाधि विजेतादुवैले […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter