समाचार

अर्थमन्त्री डा. महतसँग विश्व बैंकका उपाध्यक्ष रेजरको भेट

काठमाडौं,जेठ २५ गते। अर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ। भेटका अवसरमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौती, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा छलफल गर्नुभयो। विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिकाप्रति धन्यवाद दिँदै मुख्यतः पूर्वाधार विकासमा जोड दिन […]


मुर्रा राँगो : भैँसीको नस्ल सुधारका लागि विशेष योगदान

गण्डकी, जेठ २४ गते । भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नस्ल सुधारका लागि महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ । दूध उत्पादन वृद्धिमा नस्ल सुधारको विशिष्ट महत्त्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट पशुको कृत्रिम गर्भाधानको राष्ट्रिय अभियान थालिएको थियो । त्यसयता पोखरा, लहान र नेपालगञ्जमा पशु प्रजनन […]


कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना प्रक्रिया सुरु नगर्न महानगरको परिपत्र

काठमाडौं, जेठ २४ गते । काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्नाका कुनै पनि प्रक्रिया नगर्न परिपत्र जारी गरेको छ । महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बुधबार विज्ञप्तिमार्फत २०८० शैक्षिक सत्रका लागि केही विद्यालयले कक्षा ११ को भर्ना सूचना प्रकाशन गरेको भन्ने उजुरी प्राप्त भएकोले यस सम्बन्धमा ध्यानाकर्षण […]


मेलम्चीमा जोखिम कायमै

भउचप्रसाद यादव / काठमाडौँ, जेठ २३ गते । मेलम्ची क्षेत्रमा बाढीपहिरोबाट हुन सक्ने क्षतिको सम्भावना यस वर्ष पनि कायमै छ । भीषण वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा क्षति पु-याएको दुई वर्ष पुग्न लाग्दा पनि सो क्षेत्रमा बाढीपहिरोको रोकथाम तथा सोबाट हुन सक्ने जिउधनको क्षति रोक्न कुनै उपाय अपनाइएको पाइएको छैन । दुई […]


मिडियामा बालबालिकासम्बन्धी ६ प्रतिशत मात्र समाचार

धीरेन्द्रप्रसाद साह / जनकपुरधाम, जेठ २३ गते । नेपाली मिडियामा ६ प्रतिशत मात्र बालबालिकासम्बन्धी समाचारजन्य विषयबस्तु समेटिनेगरेको एक अध्ययनले देखाएको छ । नेपालका ठूला पाँच छापा मिडिया र तीन अनलाइन मिडियाका ११ हजार ५३० वटा प्रकाशित समाचार, लेख, सम्पादकीय र अन्तर्वार्ता अनुसन्धान अध्ययन गर्दा सो तथ्याङ्क फेला परेको हो । चाइल्ड नेपालले मंगलबार जनकपुरधाममा आयोजना […]


‘निर्माण उद्योगलाई बचाउन सरकारले पहलकदमी लिनु पर्छ’

काठमाडौँ, जेठ २२ गते । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले आफ्ना महत्वपूर्ण माग सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले चिन्ता जनाएको छ । आगामी असार ४ गतेसम्म सरकारले माग सम्बोधन नगरे देशभरका निर्माण कार्य ठप्प पर्ने चेतावनी दिएका छन् । व्यवसायीले आफूले पाएको अनुमतिपत्रसमेत सरकारलाई फिर्ता गर्ने बताएका छन् । आइतबार महासङ्घ सचिवालयमा […]


महादेवामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

देवरामप्रसाद यादव / सप्तरी, जेठ २२ गते । सप्तरीको महादेवा गाउँपालिका –१ को चिम्टिमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । वडा १ को चिम्टि टोलमा रहेको चन्द्र नहरको पैनीको मर्मत सम्भारको साथै पकरी स्वास्थ्य चौकीको प्राङ्गणको सरसफाई, बाटोमा माटो पुर्ने तथा मर्मत लगायतको काम सुरुभएको हो । त्यसमा ११ जना सहभागीे रहेको वडाध्यक्ष जयश्वर […]


उच्च शिक्षा अध्ययन गर्ने छोरी बुहारीलाई साइकल

भक्तिविलास पोखरेल / गाईघाट, जेठ २१ गते । उदयपुरको त्रियुगा नगरपालिका –२ मोतियाहीले उच्च शिक्षा अध्ययन गर्ने गाउँका छोरी बुहारीहरुलाई कलेज जान आउन सहज होस् भनेर साइकल वितरण गरेको छ । सो वडाको खैजनपुर मोतियाही क्षेत्रबाट करिव ८ किलोमिटर टाढा रहेको त्रियुगा जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छोरी बुहारीहरुलाई वडा कार्यालयले साइकल वितरण गरेको हो […]


वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउँछौँः श्रममन्त्री भण्डारी

काठमाडौं, जेठ २१ गते। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउने बताउनुभएको छ। आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि नेपाली जाने गन्तव्यलाई सुरक्षित र मर्यादित बनाउने दायित्त्व सरकारले निर्वाह गर्ने बताउनुभएको हो। उहाँले सरकारसँग पनि वैदेशिक रोजगारमा गएका मानिसको र फर्किएका मानिसको पनि यकिन […]


खप्तड स्विजरल्याण्डभन्दा पनि सुन्दर छ : आचार्य

प्रकाशविक्रम शाह / धनगढी, जेठ २० गते । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल भूस्वर्ग खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी तीव्र बनेको छ । जेठ २३ देखि २५ गतेसम्म हुने सम्मेलनको तयारी तीव्र पारिएको हो । पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्ण धनगढी आइपुग्नुभएको छ । आध्यात्मिक सम्मेलनका लागि उहाँ धनगढी पुग्नुभएको हो । उहाँले आफू सुदूरपश्चिमको विकास र कल्याणका […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter