एक्सक्लुसिभ समाचार

‘युट्युब र फेसबुकबाट सम्प्रेषित सामग्री तथ्यपूर्ण र विश्वसनीय हुनैपर्छ’

काठमाडौं, कात्तिक २७ गते । प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ । नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मङ्गलबार विशेष […]


‘नेपाली क्रिकेट पारसको मात्र होइन’

काठमाडौँ, कात्तिक २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेट पारस खड्काको मात्र नभएको र पारसले चलाएको भन्ने भ्रमबाट मुक्त हुन सबैमा आग्रह गर्नुभएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) बारे सोमबार क्यानद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा खड्काले आफूले २० वर्ष राष्ट्रिय टोलीबाट खेल्दा नेपाल र क्यानको झन्डा मुनि खेलेको र […]


राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

काठमाडौं, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन प्रस्थान गरेका छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहाय यादव, […]


अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ; राष्ट्रपति पौडेलले गर्नुभयो गौरीघाट र कमलपोखरीमा छठ पूजा

काठमाडौँ, कात्तिक २२ गते । हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइएको छ । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सुरु भएको हो । ललितपुरका नदी र पोखरीमा व्रतालु तथा श्रद्धालुले अस्ताउँदो […]


ट्राफिक प्रहरीले चाबी खोस्ने निर्णय रोक्न माग गर्दै उच्च अदालतमा रिट दर्ता

काठमाडौँ , कात्तिक २१ गते । सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने निर्णयमा रोक लगाउन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ । कानुनका विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरीको उक्त कार्य कानुन स्वमत नभएको दाबीसहित रिट दायर गरेका हुन् । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ […]


सिकलसेल उपचारका लागि भेरि अस्पतालमा बेग्लै वार्ड स्थापना गरिने

काठमाडौँ, कात्तिक २० गते । देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय […]


लक्ष्मीपूजापछि काठमाडौं झिलिमिली ; सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, कात्तिक १५ गते। तिहारको मुख्य दिन लक्ष्मीपूजा । घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । बिहीबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् । घर तथा कार्यालयहरुमा विभिन्न रंग राखेर आकर्षक रंगोली बनाइएको छ । लक्ष्मीको पूजापछि घरको गेट तथा मूलढोका पनि खुला राख्ने गरिन्छ । […]


महिला साफ च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई : नेपाल उपविजेता

काठमाडौँ, कात्तिक १४ गते। साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बङ्गलादेशले उचालेको छ। बङ्गलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। खेलको ८१ औँ मिनेटमा बङ्गलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गर्नुभयो। बुधबार दशरथ रङ्गशालामा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। […]


समस्याग्रस्त सहकारीका छ हजार बढी बचतकर्ताको शतप्रतिशत बचत फिर्ता

काठमाडौँ, कात्तिक १३ गते। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म छ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ। कात्तिक १२ गते सोमबारसम्म चार सय ३८ मागदावी कर्ताको आंशिक भुक्तानी भएको छ। शतप्रतिशत भुक्तानी भएका र आंशिक गरी हालसम्म रु एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार आठ सय ९९ समस्याग्रस्त घोषणा भएका […]


भाइटीकाको साइत ११:३७ बजे

काठमाडाैँ, कात्तिक १२ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter