एक्सक्लुसिभ समाचार

विगत जस्तो रहेन दशैँको रौनक

काठमाडौँ, कात्तिक १३ गते । राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दशैँमा टोलैपिच्छेका चौतारी, चोक एवं सार्वजनिक स्थलमा लिङ्गे, जाँते र रोटे पिङ हालेर चचहुई गर्दै […]


एक हजार ९५४ थपिए, दुई हजार ९८१ सङ्क्रमणमुक्त

काठमाडौं, कात्तिक १२ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ९५४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा आठ हजार २४८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९५४ […]


नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

काठमाडौँ, कात्तिक ११ गते। आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् । आश्विन […]


घरमै सीमित भयो दशैंको टीका र जमरा ग्रहण

धीरेन्द्रप्रसाद साह / राजविराज, कात्तिक १० गते । हिन्दु धर्मालम्बीको महान पर्व विजयादशमी सोमबार ठूलो मान्यजनबाट जमरा लगाएर टीका ग्रहण गरेका छन । कोरोना भाइरस संक्रमणको महामारीको कारण यस वर्षको टिका लगाउने कार्यक्रम घरमै सीमित भएको छ । घरमा भएका ठूलो मान्यजनबाट आशिषसाथ जमरा र टीका ग्रहण गरेका छन । व्यक्तिगत, पेशागत एवं पारिवारिक सुख, […]


कोरोनाको कहर दशैँमा पनि, गाउँघरमा छैन रमाइलो

सुशीला रेग्मी / पाल्पा, कात्तिक ९ गते । हिन्दू धर्मावलम्वीहरुको ठूलो पर्व विजया दशमी दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनका हातबाट टीका र जमरा लगाएर धुमधामका साथ मनाउने गरिन्छ । यस वर्षको विजया दशमी पर्व भने कोरोनाको कहरका कारण गाउँघरमा त्यति रमाइलो छैन । आज नवमीको दिन पनि गाउँघर सुनसान छ । घटस्थापना शुरु भएपछि गाउँघरमा दशैँ […]


दुई हजार २२५ थपिए, सङ्क्रमित एक लाख ५५ हजार २३३ पुग्यो

काठमाडौं, कात्तिक ८ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार २२५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ८४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १३ हजार ८४६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार २२५ […]


चार हजार ४९९ थपिए, सङ्क्रमित एक लाख ५३ हजार आठ पुग्यो

काठमाडौं, कात्तिक ७ गते । नेपालमा कोरोना भाइरसका चार हजार ४९९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६ हजार ८६४ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १६ हजार ८६४ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा […]


तीन हजार ६३७ थपिए, सङ्क्रमित एक लाख ४८ हजार ५०९ पुग्यो

काठमाडौं, कात्तिक ६ गते । नेपालमा कोरोनाभाइरसका तीन हजार ६३७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ६३७ जनामा […]


थप पाँच हजार ७४३ सङ्क्रमितसहित एक लाख ४४ हजार ८७२

काठमाडौं, कात्तिक ५ गते । नेपालमा कोरोना भाइरसका पाँच हजार ७४३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । साे संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ४४ हजार ८७२ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस […]


सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

काठमाडौं, कात्तिक ४ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ सङ्क्रमित ब्यक्ति वा परिवारले घोषणा गरेमा परीक्षण र उपचार खर्च सरकारले बेहोर्ने बताउनुभएको छ । कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचार खर्च नागरिकले नै बेहोर्नेपर्ने निर्णयको तीब्र आलोचना भइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगातार दोस्रो दिन उपचारबारे प्रष्ट्याएको हो । मन्त्रालयले दैनिक आयोजना गर्ने […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter