• Wednesday, April 16, 2025

एक्सक्लुसिभ समाचार

सहकारी ठगीमा रवि लामिछानेसँग ३ करोड ३७ लाख बिगो माग, सोमबारबाट थुनछेक बहस

पोखरा / पुस ७ गते। सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा रवि लामिछानेविरूद्ध मात्रै ३ करोड ३७ लाखको बिगो मागदाबी भएको छ। सरकारी वकिलको कार्यालय कास्कीले आइतबार जिल्ला अदालत कास्‍कीमा दर्ता गरेको अभियोगपत्रमा लामिछानेले सहकारीको ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको र सोही बराबरको बिगो मागदाबी गरेको हो। सहकारी ठगीमै छविलाल जोशीविरूद्ध ५ […]


जनकपुर बोल्ट्स च्याम्पियन

काठमाडौँ, पुस ६ गते । अमेरिकी ब्याट्सम्यान लाहिरु मिलान्थाले अर्धसतकीय पारी खेलेपछि नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम रोयल्सलाई पाँच विकेटले हरायो । जितसँगै जनकपुरले एक करोड १० लाख रुपियाँ सुनिश्चित गरेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपियाँमा चित्त बुझाएको […]


नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं, पुस ५ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताउनुभएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै मन्त्री डा. राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी गराउनुभएको हो । उहाँले भन्नुभयो, “हामीले […]


‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन

बुटवल, पुस ४ गते । लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले ‘घुम्न जाऊँ बर्दिया’ अभियान सञ्चालन गरेको छ । अभियानको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् । मुख्यमन्त्री आचार्यले बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालयमा रहेका गोही प्रजनन केन्द्र, बाघ–गैँडा उद्धार केन्द्र, हात्तीसारको बिहीबार बिहान अवलोकन गरेका छन् । पर्यटन लुम्बिनी प्रदेशको समृद्धि र विकासको आधार […]


फत्तेबाल अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण

सिराज खान / नेपालगन्ज, पुस २ गते। पश्चिम नेपालकै एक मात्र ठुलो आँखा अस्पताल नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ। पाँच महिना अघिबाट मात्र कर्निया सर्जरी सुरु भएको सो अस्पतालमा मङ्सिर मसान्तसम्म १५६ जनाको आँखाको नानी प्रत्यारोपण सेवा प्रदान गरिएको अस्पतालका कर्निया विशेषज्ञ डा.राजशी श्रेष्ठले बताउनुभयो। यसअघि नेपालगन्जमा कर्नियाको सर्जरी […]


यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ, पुस १ गते। सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गरेको जानकारी दिए । केन्द्रलाई व्यवस्थित रूपमा परिचालन गर्नका लागि ध्यान केन्द्रित गर्ने र अन्तःशुल्क, स्मार्टकार्ड, लालपुर्जा, […]


पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाडौँ, मङ्सिर ३० गते । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपियाँ घटाएको हो । निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एकसय ५९ रुपियाँ ५० पैसा, […]


संविधान संशोधन गर्ने समय भएको छैन : पूर्वप्रधानन्यायाधीश कार्की; अहिलेको उपलब्धिलाई थप बलियो बनाउनेगरी संविधान संशोधन गर्नुपर्छ : भट्टराई

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय नभएको बताएकी छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले संविधान संशोधन गर्नै नहुने भन्ने नभएको तर ९ वर्षमै संविधान संशोधन गर्ने बेला नभएको बताइन् । कार्कीले अहिले संविधान संशोधनको बेला नभई उपयोगको बेला भएको समेत बताइन् । अहिलेको […]


स्वास्थ्यकर्मीहरूलाई सरकारी सरह पारिश्रमिक दिन निजी अस्पताललाई मन्त्रालयको निर्देशन

काठमाडौँ , मङ्सिर २८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सिङलगायत स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह दिन निर्देशन दिएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई शुक्रबार पत्र लेख्दै मन्त्रालयले स्वास्थ्यकर्मीको सेवा सुविधा व्यवस्था गर्न भनेको हो । मन्त्रालयले […]


देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति: विदेशी विनिमय सञ्चिति १०.५ % ले वृद्धि; मुद्रास्फीति ५.६० प्रतिशत; ४ महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स

काठमाडौँ, मङ्सिर २७ गते । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकमा आधारमा रिपोर्ट सार्वजनिक गरेको हो । बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ भने आयात ०.२ प्रतिशतले र निर्यात ४.२ प्रतिशतले […]




TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter