• Wednesday, April 16, 2025

एक्सक्लुसिभ समाचार

मन्त्रिपरिषद् बैठकका २० निर्णय; राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

काठमाडौँ, पुस १७ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ र पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल […]


श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक : राष्ट्रपति

काठमाडौं, पुस १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौंमा मङ्गलबार आयोजित छैठौं श्रम संसदलाई सम्बोधन गर्नुहुँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो […]


सुविधामा ज्येष्ठ नागरिकको पहुँच न्यून

काठमाडौँ, पुस १५ गते । राज्यका निकायसँग समन्वय हुन नसक्दा र स्वयं सुसूचित नहुँदा ज्येष्ठ नागरिकलाई संवैधानिक र कानुनी रूपमा प्राप्त अधिकारको पहुँच विस्तार हुन सकेको छैन । यातायात सेवा, स्वास्थ्य सेवा र स्याहार संरक्षणका लागि राज्यले प्रदान गरेका सेवाबाट सीमित ज्येष्ठ नागरिक मात्रै लाभान्वित भएका छन् । सरकारी निकायले सरोकारवाला निकायसँग समन्वय गर्न नसक्नु […]


दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

काठमाडौँ , पुस १४ गते । एउटै सिजनको १३ दिनभित्र तीनपटक सगरमाथा आरोहण गर्ने पूर्णिमा श्रेष्ठ सीएनएनको ‘द एक्सट्रिम एथ्लेस्ट हु पुस्ड लिमिट इन २०२४’ को सूचीमा परेकी छिन् । सीएनएनले आइतबार सार्वजनिक गरेका ८ जनाको सूचीमा श्रेष्ठ परेकी हुन् । फोटो पत्रकार समेत रहेकी नेपाली आरोही श्रेष्ठले मे १२, मे १९ र मे २५ […]


सम्पत्ति शुद्धीकरणको हतियारले अब ठुला दलका कोही जोगिँदैन : लिङ्देन

सुनसरी, पुस १३ गते । राप्रपा अध्यक्ष लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियारले अब ठुला दलका कोही नजोगिने बताएका छन् । राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोध सभामा अध्यक्ष लिङ्देनले रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेको जिकिर गर्दै अब दाप बाहिर आइसकेको यो हतियार नरोकिने र रोकिन नहुने बताएका हुन्। विरोध […]


अदालतमा रवि लामिछानेको इन्कारी बयान

फडिन्द्र अधिकारी / लेखनाथ, पुस १२ गते। कास्की जिल्ला अदालतमा पूर्व गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ। गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा संलग्नताबारे इन्कारी बयान दिनुभएको छ। बिहीबार न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको उहाँको बयान शुक्रबार सकिएको हो। बयानका […]


कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन काँग्रेस–एमाले सहमत

काठमाडौं / पुस ११ गते । निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारुढ दुई दल काँग्रेस र नेकपा (एमाले) सहमत भएका छन् । बिहीवार राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा कर्मचारीका ट्रेड युनियनबारे दुई दलका प्रमुख सचेतकले समान धारणा राखेका हुन् । विधेयकका सम्बन्धमा पार्टीका प्रमुख सचेतक तथा सचेतकहरुसँगको छलफलमा बोल्ल्दै नेपाली […]


एमाले सचिवालय बैठक : रावल साधारण सदस्यबाट हटाइए, पाण्डे र तिमल्सिनालाई ६ महिना निलम्बन; रावल भन्छन्– कारबाही निरंकुश प्रवृत्तिको उपज

काठमाडौँ / पुस १० गते । नेकपा (एमाले) को बुधबार बसेको सचिवालय बैठकले नेता पूर्व उपाध्यक्ष डा. भीम रावललाई संगठित सदस्यबाट नै मुक्त गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै रावल एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा पर्नुभएको छ । बुधबार दिउँसो पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय […]


‘निजामती कर्मचारीको अवकाश उमेरबारे गहन छलफल होस’

काठमाडौं, पुस ९ गते । सांसदहरुले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई ‘फास्ट ट्र्याक’मा लैजान जोड दिनुभएको छ । मंगलवार राज्य व्यवस्था समितिमा विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसदहरुले यस्तो जोड दिनुभएको हो । बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्काले विधेयकमा प्रस्तावित संशोधनहरुलाई एकै पटक टुंग्याएर फास्ट ट्र्याकबाट […]


रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन; डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति

काठमाडौं, पुस ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पदबाट निलम्बन गरिएको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना प्रकाशित गरी निलम्बन भएको जानकारी गराउनुभएको हो । महासचिव पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ, “प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक ऐन बमोजिम थुनामा […]




TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter