एक्सक्लुसिभ समाचार

हिउँदे अधिवेशनबाट एमसिसी सम्झौता पारित हुन्छ : परराष्ट्रमन्त्री

काठमाडौं, पुस ९ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सरकारसँगको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) अनुदान सहायता सम्झौतापत्र नेपालको आर्थिक विकाससँग सम्बन्धित सम्झौता भएकाले संसद्को चालू हिउँदे अधिवेशनले यसलाई पारित गर्ने बताउनुभएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सो विषयबारे स्पष्ट पार्र्दै मन्त्री ज्ञवालीले नेपाली काँग्रेस नेतृत्वको तत्कालीन सरकारले […]


भ्रमण वर्ष २०२० का लागि गन्तव्यको पहिचान

बाँके, पुस ८ गते । नेपाल भ्रमण वर्ष सन् २०२० को प्रवद्र्धनका लागि बाँकेमा पर्यटकीय गन्तव्यहरुको पहिचान गरी सूचीकृत गरिएको छ । जिल्ला समन्वय समितिको नेतृत्वमा रहेको जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिले बाँकेका सात स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरेको हो । गत मङ्सिर पहिलो साता बाँकेका गन्तव्य पहिचानका लागि तेजविक्रम शाहको अध्यक्षतामा बनेको समितिले […]


नेपालकाे आँखा अस्पताल जहाँ ६० प्रतिशत भारतीयले उपचार गराउँछन्

सिराजुद्दिन खान / नेपालगञ्ज, पुस ७ गते । नेपालबाट उपचार गराउन भारत जानेको संख्या दैनिक रुपमा बढिरेहको छ । तर आँखा चेकजाँच गराउन भारतबाट लाखौं बिरामी नेपालगञ्ज आउने गरेका छन् । नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालले स्थापना भएको ३३ बर्षको अवधीमा २२ लाख आँखाका बिरामीहरुको उपचार गरेको जनाएको छ । त्यसमा भारतीय नागरिकको संख्या ६० प्रतिशत […]


एमसिसीको सहयोग, इण्डो प्यासिफिकको रणनीतिमा छैन

रमेश लम्साल / काठमाडौँ, पुस ६ गते । नेपालको भौतिक पूर्वाधार विकासका लागि अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मार्फत अनुदान सहयोग उपलब्ध गराएको स्पष्ट पार्दै सङ्घीय संसद्बाट अनुमोदन जरुरी रहेको (मिलेनियम च्यालेन्ज एकाउन्ट) एमसिए नेपालले स्पष्ट पारेको छ । एमसिसीले नेपालको ऊर्जा तथा सडक निर्माणका लागि ५० करोड अमेरिकी डलर उपलब्ध गराएको छ । यस्तै […]


निर्यात व्यापार सन्तोषजनक : राष्ट्र बैंक

काठमाडाँै, पुस ५ गते । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ । यस अवधिमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई रु ३६ अर्ब २८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा […]


सुुन्तला बेचेरै वार्षिक ४० लाख कमाई

प्रतीक इच्छुक शर्मा / सल्यान, पुस ४ गते । वागचौर नगरपालिका ९ को डाँगीगाउँ पश्चिमतिर फर्किएको पाखो । चिटिक्क सजिएको घर छेउमा सुधारिएको गरामा लहरै रहेका सुन्तला बारी । सुन्तला पाकेर पहेँलै देखिन्छ । प्लाष्टिक ओढाएको नर्सरी । नर्सरीमा रहेका लाखौ कागती र सुन्तलाका बेर्ना । यो दृश्य नेपाल कम्युनिष्ट पार्टीका कर्णाली प्रदेशका सदस्य लोकबहादुर […]


त्रिविले प्रविधिमैत्री, अनुसन्धानमूलक शिक्षा प्रदान गर्नु पर्छ :सहकुलपति

काठमाडौँ, पुस ३ गते । त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताउनुभएको छ । पैँतालिसौँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उहाँले नेपालको उच्च शिक्षाको विकासमा त्रिविले खेलेको भूमिकाको सराहना गर्दै त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताउनुभयो । उहाँले भविष्यमा त्रिविले विश्वपरिवेशअनुसारको प्रविधिमैत्री, अनुसन्धानमूलक शिक्षा प्रदान गरी […]


नेपाली सेना र महानगरबीच सम्झौता : अब मृगौला रोगीलाई निःशुल्क हेमोडाईलासिस सेवा

काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच स्वास्थ्य सेवा सम्बन्धी महत्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर भएको छ । विभिन्न रोगको उपचार र नागरिकको नियमित स्वास्थ्य परीक्षणका लागि महानगरले सेनासँग सहकार्य गरेको हो । सम्झौता पत्रमा महानगरका तर्फबाट मेयर विद्यासुन्दर शाक्य र नेपाली सेनाको तर्फबाट प्रधान सेनापति पूर्णचन्द्र थापाले बधुबार जंगी अड्डामा एक कार्यक्रमबीच हस्ताक्षर गरे । सम्झौताबमोजिम पहिलो […]


तीनमहिने ट्राफिक उज्यालो अभियान : एक लाखलाई सचेतना

काठमाडौँ, पुस १ गते । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज तुुल्याउन र दुर्घटना न्यूूनीकरण गर्न सडक प्रयोगकर्ता, पैदलयात्री, चालक÷सहचालक र कलेजका विद्यार्थीलाई लक्ष्य गरी तीनमहिने ट्राफिक उज्यालो अभियान आजदेखि शुरु गरिएको छ । ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म पुु¥याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण […]


स्वास्थ्य स्वयंसेविकालाई मोबाइलः सेवा सहज

गोपालप्रसाद बराल / महोत्तरी, मङ्सिर ३० गते । हातहातमा मोबाइल टेलिफोन भएपछि स्वास्थ्य स्वयंसेविकाका सेवा सहज हुनाका साथै विस्तारसमेत भएको छ । मटिहानी नगरपालिकाका स्वास्थ्य स्वयंसेविका आपूmले पाएको मोबाइलबाट बस्तीका गृहिणीको समस्या सुन्न, बुझ्न, आवश्यक परामर्श दिन र सेवा दिने काम सहज भएको बताउँछन् । यसपालि १० दिनअघि (५ डिसेम्वर २०१९) मा १६ औंँ अन्तरराष्ट्रिय […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter