काठमाडौं चैत २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन बन्दाबन्दीबाट दैनिक कामगरी खाने तथा अन्यमा परेको असुविधाप्रति आफू चिन्तित रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । सम्बोधनमा सिङ्गोको मानव सभ्यता प्रभावित भएको र विश्वमा केही नेपाली सहित धेरैले ज्यन गुमाएको सबैप्रति श्रद्धाञ्जली व्यक्त […]
काठमाडौँ, चैत २४ गते । सरकारले बन्दाबन्दी (लकडाउन) को समयावधि २०७७ बैशाख ३ गतेसम्मका लागि पुनः थप गरेको छ । प्रधानमन्त्री निवास बालुटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक ‘लकडाउन’को समयावधि थप गरेको हो । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गते विहान ६ बजेदेखि एक साताका लागि मुलुकभर आवतजावतमा रोक […]
दीपक श्रेष्ठ / काठमाडौँ, चैत २३ गते । सरकारले सार्वजनिक खरिद ऐनले व्यवस्था गरेअनुसार स्वास्थ्य सामग्री र उपकरणहरु प्रतिस्पर्धात्मक रुपमा निजी क्षेत्र र जी टु जी दुवै माध्यमबाट खरिद गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको […]
नेपालमा थप तीनजनामा कोरोना भाइरस संक्रमण भएको फेला परेको छ । याेसँगै देशमा कोरोना संक्रमित हुनेको संख्या नाै पुगेको छ । काेराेना संक्रमण पुष्टि भएकामा भारतकाे मुम्बईबाट फर्केका २१ वर्षीय युवा, भारतकाे उत्तराखण्डबाट फर्केका ४१ वर्षीय पुरुष र कैलालीकी ३४ वर्षीय महिला भएकाे स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ । कैलाली घर भएकी महिलाकाे परिवारमा यसअघि […]
शरच्चन्द्र भण्डारी / काठमाडौँ, चैत २१ गते । मुलुकको कुल गार्हस्थ्य उत्पादन चालु आवमा ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ । उच्च कृषि उत्पादन, पर्यटक आगमन, विप्रेषण आप्रवाहमा भएको बढोत्तरी तथा निजी क्षेत्रबाट भएको लगानी वृद्धिले अघिल्लो वर्ष ७.१ प्रतिशतको हाराहारीमा रहेको थियो । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस ( कोभिड–१९ ) को जोखिमका कारण […]
काठमाडौँ, चैत २० गते । सरकारले अत्यावश्यक वस्तु आपूर्तिमा ढुवानी व्यवस्थापन सहज बनाउने भएको छ । यातायात तथा मानिसको आवतजावतमा रोक लगाएको १० दिनेपछि सरकारले खाद्य सामग्री, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको ढुवानीलाई सहज बनाउने निर्णय गरेको हो । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । उपप्रधान […]
काठमाडौँ, चैत १९ गते । उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै शुरु भएको हो । अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनाले बताउनुभयो । […]
काठमाडौँ, चैत १८ गते । पूर्वराजा ज्ञानेन्द्र शाहले बुहारी हिमानी संरक्षक रहेको हिमानी कोष मार्फत दुई करोड रुपैयाँ नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषलाई दिएका छन् । मंगलबार वक्तव्य जारी गर्दै पूर्वराजा शाहले दुःख कष्ट र आपत विपतको यो घडीमा सबैको साथमा आफूले पनि साथ दिएको उल्लेख समेत गरेका छन् । […]
रमेश लम्साल/हरि लामिछाने / काठमाडौँ, चैत १७ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ । अर्थ, एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोनाका प्रभावका कारण दैनिक ज्यालादारीमा बाँच्ने तथा गरिखाने वर्गमाथि परेको प्रभाव कम गर्न आइतबारको मन्त्रिपरिषद्को […]
काठमाडौं । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो । जसअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् […]