एक्सक्लुसिभ समाचार

आज महानवमी पर्व, जङ्गी निसानपूजा तथा कोतपूजा

काठमाडौँ– आज देशभर नेपालीहरूको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ […]


मधेशको विकास नभएसम्म देशको विकास सम्भव छैनः मन्त्री महासेठ

धनुषा, असोज ३० गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “मधेशको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको छ ।” मन्त्री महासेठले चार वर्षभित्र मधेशका सम्पूर्ण गल्ली गल्लीका सडकलाई मुख्य सडकसम्म जोड्ने र […]


श्रीपेच सर्वसाधारणका लागि खुला

काठमाडौँ, असोज २९ गते । नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ । नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको आज यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै दैवी शक्तिको झुटो सिद्धान्तका भरमा शासन गर्ने परम्पराको अन्त्य भएपछि […]


प्रहरीको नयाँ अवधारणा ‘समुदाय–प्रहरी साझेदारी’

काठमाडौँ, असोज २८ गते ।नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम ल्याउँदै छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान सञ्चालन गर्न लागेको हो । आगामी कात्तिक ११ गतेदेखि देशैभर एकैसाथ उक्त कार्यक्रम लागू गर्ने गरी आवश्यक गृहकार्य भइरहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी […]


दश वर्षमा पन्ध्र हजार मेगावाट विद्युत् उत्पादन गरिन्छ : ऊर्जामन्त्री पुन

ओखलढुङ्गा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताएका छन् । ओखलढुङ्गाको चम्पादेवीमा ‘मिसन मालिङ्गे भिजन २१००’ को आज उद्घाटन गर्दै मन्त्री पुनले नेपाल जलस्रोतको धनी देश भएकाले पानीबाटै नेपालको समृद्धि सम्भव रहेको दावी गरे । ‘अबको दश वर्षमा १५ हजार मेघावाट विद्युत् उत्पादन गरेर विद्युत्मा […]


पशुपतिमा ६८ करोड भेटि

सरोज आचार्य / काठमाडौँ, असोज २६ गते । पशुपतिनाथलाई पछिल्लो सात वर्षमा ६८ करोड २० लाख रुपियाँ भेटी प्राप्त भएको छ । पशुपति क्षेत्र विकास कोषले गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटिका आधारमा यो तथ्य सार्वजनिक गरेको हो । पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपियाँको […]


सन् २०२० सम्म २५ प्रतिशत अन्धोपनलाई घटाइने

काठमाडौँ, असोज २५ गते । सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य गर्दै आइरहेका छन् । ‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाआँै’ भन्ने नाराका साथ आज उपचार तथा रोकथाम […]


घर छैन, कहाँ मान्ने दशैँ ?

बागलुङ, असोज २४ गते । यसपालि बसिमाया परियारलाई दशैँ दशा बनेर आएको छ । गएको वर्षायाममा घरबास गुमाउनुभएकी ५२ वर्षीया परियारलाई एउटै कुराको पिरलो छ, दशैँ कहाँ मान्ने रु दुुःखी हुँदै उहाँले भन्नुभयो, “छोरी, ज्वाइँ आउँछन् कहाँ राख्ने, के खुवाउने रु” चाडबाडको मुखमा यस्तो पीडा भोग्नेमा उहाँ मात्र एक्लो हुनुहुन्न । काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका […]


आज घटस्थापना; दशै मनाउन उपत्यकाबाट १० लाख बाहिरिए

काठमाडौँ, असोज २४ गते । बडादशैँको सुरु दिन बुधवार सर्वसाधारणले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । पूजाकोठाको भूइँलाई गाइको गोवरले लिपेर चोखो पारी चोखो वालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी भिँगुट, टपरी, माटो वा तामाको भाँडामा गोवर टाँसेर जौ र गहुँ मिसाएर जमरा राखिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलका अनुसार […]


कर्णाली विकासमा सहयोग गर्न विकास साझेदार प्रतिबद्ध

सुर्खेत, असोज २३ गते । कर्णालीको विकासमा सहयोग पु¥याउन अन्तर्राष्ट्रिय विकास साझेदार निकायले औपचारिक प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आज पत्रकार सम्मेलन गरी प्रदेश सरकारको विकास साझेदार निकाय युरोपियन युनियन, विश्व बैंक, डिएफआइडी र युएनडिपीसँगको बैठकबाट यहाँको विकासमा सहयोग हुने औपचारिक प्रतिबद्धता प्राप्त भएको जनाउनुभयो […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter