एक्सक्लुसिभ समाचार

काठमाडौँ उपत्यकाका भित्री शहरमा भूकम्पपीडित घर बनाउन असमर्थ

सञ्चिता घिमिरे / काठमाडौँ, माघ १ गते । भूकम्प गएको चार वर्ष नाघिसक्दा पनि पाटनका रमेश महर्जन अहिले पनि चर्किएकै घरमा बस्नुहुन्छ । भूकम्पको चार वर्ष पछि पनि उहाँको घर उस्तै छ । भूकम्प लगत्तै पुगेको इञ्जिनीयरको टोलीले गम्भीर क्षति भनी पुनःनिर्माणका लागि लाभग्राही सूचीमा उहाँको परिवारलाई राखेकै थियो । घर निर्माणका लागि पहिलो किस्ता […]


गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस र लोकसेवा तयारी कक्षा चलाउने

जुम्ला, पुस २९ गते । जुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत एमबिबिएस स्तरको डाक्टर पढाउने भएको छ । जुम्लाका आठ वटा स्थानीय तहमध्ये पातारासी गाउँपालिकाले यस्तो उदाहरणीय कामको योजना तर्जुमा गरेको हो । त्यसैगरी बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी फरेस्ट्री, कृषिलगायत स्नातक तहका प्राविधिक धारतर्फको अध्ययनका लागि उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए […]


धोबीखोलामा ज्येष्ठ नागरिक लक्षित ‘बाजेबज्यै पार्क’ निर्माण हुने

काठमाडौँ, पुस २८ गते । शहरी विकास मन्त्रालयले काठमाडौँको धोबीखोला किनारमा रहेको खाली जग्गामा ज्येष्ठ नागरिकलाई लक्षित गरेर ‘बाजेबज्यै पार्क’ निर्माण गर्ने भएको छ । सो मन्त्रालयकोसमेत कार्यभार सम्हानुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पदबहाली गर्दै चालू आवभित्रै पार्क निर्माणको प्रक्रिया अघि बढाउनेसम्बन्धी फाइल स्वीकृत गर्नुभयो । नेपालमा यसप्रकारको पार्क पहिलो पटक बन्न […]


‘सामाजिक सुरक्षाबारे रोजगारदाताले भ्रम फैलाए’

काठमाडौँ, पुस २७ गते । श्रमिकको भविश्यलाई सुरक्षित बनाउने उद्देश्यले ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा श्रमिक तथा रोजगारदाताको सहभागिता उत्साहजनक देखिएको छैन । सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहमतिबाट गत मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको थियो । चालु आवको शुरुआतसँगै योजना कार्यान्वयनमा आइसकेको छ । योजना घोषणा भएको एक वर्ष बितेपनि […]


पहिलो बालमैत्री गाउँपालिका घोषणाको तयारी

हेटौँडा, पुस २६ गते । मकवानपुरको मनहरी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन भएको गाउँपालिकाको रुपमा घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले मनहरीमा पत्रकार सम्मेलन आयोजना गरी पुस २८ गते बालमैत्री गाउँपालिकाको घोषणा गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष एकराज उप्रेतीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलबाट बालमैत्री गाउँपालिका घोषणा […]


नेपालको नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह

काठमाडौँ, पुस २५ गते । संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामका बारेमा छलफल भएको छ । भेटमा मन्त्री पुनले नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा महानिर्देशक क्यामेरालाई धन्यवाद दिँदै भविष्यमा नवीकरणीय ऊर्जाको विकासमा सहकार्यको प्रस्ताव […]


सेक्युरिटी प्रेस खरिद बारे समितिको चासोलाई सरकारले सहयोग गर्छ : मन्त्री बाँस्काेटा

काठमाडौँ, पुस २४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदसम्बन्धमा संसदका दुई वटा समितिले राखेको चासोलाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । नेपाल सरकारका प्रवक्ता बाँस्कोटाले लेखा समिति र अर्थ समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कुनै गडबड छ कि भनेर छानविन वा अध्ययनका लागि कागजपत्र माग गरेको बताउनुभयो । उहाँले […]


पाँचथरमा सुन्तला उत्पादन वृद्धि

मिक्लाजुङ, पुस २३ गते । पाँचथरमा गत वर्षको तुलनामा यस वर्ष ३०० मेट्रिक टन बढी सुन्तला उत्पादन भएको छ । गत वर्ष सात हजार ३७५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष सात हजार ६७५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताउनुभयो । यस वर्ष सुन्तला उत्पादन हुने क्षेत्रफल बढेको छ । […]


तीन महिनामा थप एक लाखलाई सामाजिक सुरक्षामा सहभागी गराइने

अशोक घिमिरे / काठमाडौँ, पुस २२ गते । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिकको सहभागिता अत्यन्त निराशाजनक देखिएको बेला सरकारले रोजगारदाता र श्रमिकको सहभागिता बढाउन प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आज आगामी तीन महिनाको कार्ययोजना सार्वजनिक गर्दै १५ हजार रोजगारदाता र थप एक लाख […]


गृह मन्त्रालय भन्छ – १३ सय छाउगोठ भत्काइयाे

काठमाडौँ, पुस २१ गते । छाउपडि उन्मुलनका लागि थालिएको अभियान अन्तर्गत अहिलेसम्म करिब १३ सय छाउगोठ भत्काइएको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी अछाममा ९ सय ४९ र सुर्खेतमा ३ सय गरी पुस २० गतेसम्म १ हजार २ सय ७६ छाउगोठ भत्काइएको मन्त्रालयले जनाएको छ । सोमबार संसदका महिला तथा सामाजिक समितिमा गृहसचिव प्रेमकुमार […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter