एक्सक्लुसिभ समाचार

ललितपुरमा पनि यान्त्रिक कुचो !

काठमाडौँ, साउन २४ गते । ललितपुर महानगरपालिकाको मुख्य सडकमा अब दैनिक एक घण्टा ब्रुमर (यान्त्रिक कुचो) सञ्चालन हुने भएको छ । हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप ललितपुरमा आज दुई ब्रुमर र दुई पानी ट्याङ्करको उद्घाटन महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गर्नुभयो । उहाँले भन्नुभयो, “ललितपुरको मुख्य सडक थापाथली पुलदेखि सातदोबाटोसम्म दैनिक एक घण्टा ब्रुमरले सडक […]


लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा – योगेश भट्टराई

रुपन्देही, साउन २३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उहाँले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिनुभएकाले तीनलाई प्राथमिकतामा राखेर काम भइरहेको […]


‘नेपाली स्याट–१’ ले सूर्य र पृथ्वीको तस्वीर खिच्यो

सुभानु आचार्य / ललितपुर, साउन २२ गते । देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ता अघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् । नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा सूचना प्रवाह […]


विकट गाउँमा सिभिल इञ्जिनीयरिङ कक्षा

सोलुखुम्बु, साउन २१ गते । थुलुङ दूधकोशी गाउँपालिकामा सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट अनुमति लिएर यसै शैक्षिक सत्रबाट गाउँपालिकाले ‘डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ’ कक्षा सञ्चालन गर्ने भएको उक्त गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । शिक्षामन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा २०७६ असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले […]


लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठीसम्म

काठमाडौँ, साउन २० गते । सरकारको सन् २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५÷७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले […]


सिङ्गापुरको उपचार खर्च प्रधानमन्त्री आफैँले बेहोर्ने

काठमाडौँ, साउन १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरमा हुने उपचार खर्च आफैँले व्यवस्थापन गर्नुहुने भएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिङ्गापुरमा उपचार गर्दाको खर्च सरकारले नबेहोर्ने स्पष्ट पार्नुभयो । मन्त्रिपरिषद् बैठकको यही साउन १६ गते भएको निर्णय सार्वजनिक गर्न आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले भन्नुभयो, […]


जुम्लाको स्याउ पाक्न सुरु, रंगिए बगैचा

नेत्र शाही, खलंगा, साउन १८ गते । जुम्लाको अर्गानिक स्याउ पाक्न सुुरु गरेको छ । साउन महिनादेखि केही स्याउ पाक्न थालेपछि अहिले स्याउका बगैचा राताम्मे भएका छन् । जुम्लाको एक मात्र धेरै निर्यात हुने नगदे कृषि फलफूलको रुपमा स्याउलाई लिइन्छ । स्याउ पाक्न थालेपछि धेरैजसो स्याउमा रातो रङले भरिने भएकाले अहिले जुम्लाका स्याउ बगैंचा रातै […]


पर्यटनमन्त्रीका चुनैती, भ्रमण वर्ष र नेपाल एयरलाइन्स्

सिबी अधिकारी / काठमाडौँ, साउन १७ गते । ‘‘म परिणाम देखिने गरी काम गर्छु’’ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पदभार ग्रहणका क्रममा भन्नुभएको थियो । विसं २०७४ चैत २ गते पर्यटनमन्त्रीको जिम्मेवारी लिएपछि गरेको प्रतिबद्धतामा कहिल्यै पछाडि फर्कनु परेन । त्यतिबेला गरिएका अधिकांश प्रतिवबद्धता व्यवहारतः पूरा भएका थिए । आफ्ना प्रतिबद्धतामा निरन्तर […]


विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न प्रन्याको आग्रह

काठमाडौँ, साउन १६ गते । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले चलिरहेको मुद्दाको विषयमा समाचार सम्प्रेषण गर्दा न्याय सम्पादनमा असर पर्ने बताउनुभएको छ । न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाबारे छलफल गर्न आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले चलिरहेको मुद्दामा समाचार लेखेर प्रश्न खडा गर्दा निष्पक्ष न्याय सम्पादनमा असर पर्ने बताउनुभयो । प्रधानन्यायाधीश राणाले भन्नुभयो, “विचारधीन मुद्दाको विषयलाई लिएर […]


नर्सरीबाटै विदेशको कमाई

खलङ्गा, साउन १५ गते । जीवन निर्वाहको लागि वर्षेनी युवाहरु विदेशिने क्रम बढे पनि यहाँ युवाहरुले नर्सरीबाट लाखौं आम्दानी गर्न सफल भएका छन् । जिल्लाको कुशे गाउँपालिका ५, दम्दाला गाउँका युवा उद्यमी शिव मल्लले यसबर्ष नर्सरीबाटै आठलाख आम्दानी गर्नुभएको छ । पाँच वर्षअघि स्थापना गरेको प्रवीन हिउँदे तथा वर्षे फलफूल नर्सरी उद्योगबाट यसपाली उहाँले ७१ […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter