हेटौँडा, पुस २६ गते । मकवानपुरको मनहरी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन भएको गाउँपालिकाको रुपमा घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले मनहरीमा पत्रकार सम्मेलन आयोजना गरी पुस २८ गते बालमैत्री गाउँपालिकाको घोषणा गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष एकराज उप्रेतीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलबाट बालमैत्री गाउँपालिका घोषणा […]
काठमाडौँ, पुस २५ गते । संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामका बारेमा छलफल भएको छ । भेटमा मन्त्री पुनले नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा महानिर्देशक क्यामेरालाई धन्यवाद दिँदै भविष्यमा नवीकरणीय ऊर्जाको विकासमा सहकार्यको प्रस्ताव […]
काठमाडौँ, पुस २४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदसम्बन्धमा संसदका दुई वटा समितिले राखेको चासोलाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । नेपाल सरकारका प्रवक्ता बाँस्कोटाले लेखा समिति र अर्थ समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कुनै गडबड छ कि भनेर छानविन वा अध्ययनका लागि कागजपत्र माग गरेको बताउनुभयो । उहाँले […]
मिक्लाजुङ, पुस २३ गते । पाँचथरमा गत वर्षको तुलनामा यस वर्ष ३०० मेट्रिक टन बढी सुन्तला उत्पादन भएको छ । गत वर्ष सात हजार ३७५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष सात हजार ६७५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताउनुभयो । यस वर्ष सुन्तला उत्पादन हुने क्षेत्रफल बढेको छ । […]
अशोक घिमिरे / काठमाडौँ, पुस २२ गते । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिकको सहभागिता अत्यन्त निराशाजनक देखिएको बेला सरकारले रोजगारदाता र श्रमिकको सहभागिता बढाउन प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आज आगामी तीन महिनाको कार्ययोजना सार्वजनिक गर्दै १५ हजार रोजगारदाता र थप एक लाख […]
काठमाडौँ, पुस २१ गते । छाउपडि उन्मुलनका लागि थालिएको अभियान अन्तर्गत अहिलेसम्म करिब १३ सय छाउगोठ भत्काइएको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी अछाममा ९ सय ४९ र सुर्खेतमा ३ सय गरी पुस २० गतेसम्म १ हजार २ सय ७६ छाउगोठ भत्काइएको मन्त्रालयले जनाएको छ । सोमबार संसदका महिला तथा सामाजिक समितिमा गृहसचिव प्रेमकुमार […]
परासी, पुस २० गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रको विद्युत् माग पूरा गर्न सवस्टेशन निर्माणलाई जोड दिएको जानकारी दिनुभएको छ । पश्चिम नवलपरासीस्थित नेपाल विद्युत् प्राधिकरण परासी वितरण केन्द्रको नवनिर्मित कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उहाँले परासी–भैरहवा औद्योगिक क्षेत्रमा सवस्टेशन बनाउन लागिएको बताउनुभयो । पश्चिम नवलपरासीको हकुईमा सवस्टेशन बन्ने जानकारी […]
काठमाडौं, पुस १९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार बुद्धको मुर्ति स्थापना गरिएको छ । सरकारले विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्ने योजना अनुसार एयरपोर्ट भित्र बुद्धको मुर्ति स्थापना गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले मुर्तिको अनावरण गरेका छन् । भ्रमण वर्ष २०२० को शिलशिलामा विमानस्थललाई बुटिक एयरपोर्ट बनाई नेपालको […]
काठमाडौ, पुस १८ गते । केही दिनदेखि उखुको भुक्तानी नपाएको भन्दै राजधानी केन्द्रित आन्दोलन गरीरहेका उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ । सम्झौतामा यही माघ सात गते भित्र उखु किसानले पाउनु पर्ने सम्पूर्ण भुक्तानी पाउने व्यबस्था मिलाउने, किसानलाई उखुको उत्पादकत्व बढाउन सरकारले सहयोग गर्ने लगायतका विषय समेएिको छ । सहमति अनुसार किसानले […]
गौशाला, पुस १७ गते । गौशाला नगरपालिका–८ बेलगाछीका ६५ वर्षीय विल्टु सदा अहिले घर छेउकै बगरखेत लगाएको तरकारी बेचेर आम्दानी बढाउन सफल हुनुभएको छ । उहाँले वर्षांैसम्म अरुको खेतमा ज्याला मजदूरी गरि अभाव र दबावका बीच घरपरिवार चलाउँदै आउनुभएको थियो । उहाँ भन्नुहुन्छ, “गौशाला नगरपालिकाको कार्यालयले सामूहिक तरकारीखेतीका लागि आफूहरुजस्ता सुकुम्बासीलाई जग्गा उपलब्ध गराएपछि ज्याला […]