• Wednesday, April 16, 2025

एक्सक्लुसिभ समाचार

स्वास्थ्यमन्त्री पौडेलद्वारा बालबालिकाको क्यान्सर रोक्न निःशुल्क खोप माग

काठमाडौँ, असोज २९ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग भेट गर्नुभएको छ। भेटमा उहाँले नेपाल बालबालिकामा हुने क्यान्सरसँग जुध्नका लागि परेको भन्दै बाल क्यान्सर नियन्त्रणका लागि खोपको सहायताका लागि आग्रह गर्नुभयो। मन्त्रालयले सानै उमेरदेखि नै क्यान्सर नियन्त्रणका लागि योजना बनाएर काम थालेको भन्दै मन्त्री पौडेलले गाभीबाट […]


दिवाखाजा कार्यक्रमको प्रभावः नियमित विद्यालय आउन थाले विद्यार्थी

शुक्लाफाँटा , असोज २८ गते । शुक्लाफाँटा नगरपालिका-८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन्। बीचमै विद्यालय छाडने विद्यार्थीको संख्या शून्य छ। विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्न सहयोग पुर्‍याएको हो। आर्थिक रुपमा विपन्न परिवारका बालबालिका विद्यालयमा पढने गरेका छन्। दैनिक मजदुरी गरी जिविका चलाउने परिवारले विगतमा आफूसँगै […]


बन्दै छ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

चितवन, असोज २७ गते। चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ। रङ्गशाला निर्माण कार्य दसैँमा पनि राकिएको छैन। हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ। भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो। धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि वढाएको हो। ‘हिमालयन कालिञ्चोक […]


दसैँघरमा फूलपाती भित्र्याइयो; सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ, असोज २४ गते । नवरात्रिको सातौँ दिन आज फूलपातीका दिन दुर्गापीठ, दसैँघर, कोत तथा घर-घरमा फूलपाती भित्र्याइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ । हनुमानढोका […]


दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौँ, असोज २३ गते। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५१ लाख हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सङ्घका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो। अध्यक्ष डा केसीले हालैको बाढीपहिरो र डुबानको खबरले आफूहरू दुःखित हुँदै कोषमा […]


मन्त्रिपरिषद् बैठकका ११ निर्णय; अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारको लागि आर्थिक सुधार सुझाव आयोग गठन

काठमाडौं, असाेज २२ गते । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ । उहाँले मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय सार्वजनिक गर्नुभएकाे हाे । मन्त्री गुरुङले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारको लागि रायसहितको प्रतिवेदन पेस गर्न पूर्वसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार सुझाव आयोग […]


प्रसूति तथा स्त्रीरोग अस्पतालले दसैँ बिदामा पनि सेवा दिने

काठमाडौँ, असाेज २१ गते । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि बिरामीहरूको उपचार सेवा सुचारु हुने जनाएको छ । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक बिदाको दिन पनि बिरामीहरूले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पार्नुभएको हो । दसैँ, तिहार लगायतका चाडपर्वको बेला सार्वजनिक बिदा अस्पतालहरूमा पनि हुने गर्दछ । […]


भेरी अस्पतालमा एमडी र एमएस पढाइ हुने

सिराज खान / नेपालगन्ज, असोज १९ गते । पश्चिम नेपालका तीनवटा प्रदेशका हजारौं बिरामीको बर्सेनी उपचार गर्दैआएको भेरी अस्पतालमा एमडी र एमएसको पढाइ हुने भएपछि बिरामीको उपचारमा थप सहयोग पुग्ने बिश्वास गरिएको छ । भेरी अस्पतालमा एमडी र एमएस पढाइका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सँग सम्झौता भएपछि पश्चिम नेपालका बिरामीको उपचारमा थप सहयोग […]


बाढी पहिरो प्रभावित जिल्लाका स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ, असोज १८ गते। सरकारले बाढी पहिरो प्रभावित जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बढी क्षति भएका जिल्लाका स्थानीय तहहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार काभ्रे, काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, सिन्धुली लगायत जिल्लाका प्रभावित स्थानीय तहहरूलाई सरकाले विपद् संकटग्रस्त घोषणा […]


बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौँ, असोज १७ गते। नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ। आज यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्र्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको ‘नोडल एजेन्सी’ एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले हस्ताक्षर गर्नुभएको छ। समारोहमा ऊर्जा, जलस्रोत तथा […]




TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter