• Wednesday, April 16, 2025

एक्सक्लुसिभ समाचार

एआईको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौँ, असोज १६ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताउनुभएको छ। कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलगको आजदेखि सुरु भएको सम्मेलनअन्तर्गत आयोजित ‘एसिडी बिजनेस फोरम’लाई सम्बोधन गर्दै मन्त्री डा राणाले भन्नुभयो, “अबको युगमा एआईलाई पछि छोडेर अघि बढ्न […]


जनताका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, असोज १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा आह्वान गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आह्वान गर्नुभएको […]


प्रधानमन्त्री ओली स्वदेश फिर्ता; राहत, उद्धार र पुनर्निर्माणलाई तीव्रता दिइने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ, असोज १४ गते । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्कनु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । प्रधानमन्त्री ओलीले अमेरिकामा रहँदा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुभयो । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते न्युयोर्क प्रस्थान गर्नुभएको थियो । […]


सर्वदलीय बैठकका नौ निर्णय (सूचीसहित)

काठमाडौँ, असोज १३ गते । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकले विभिन्न नौ वटा निर्णय गरेको छ । आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनुभएको बैठकले बाढीपहिरोबाट प्रभावितहरूको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको छ । बैठकले, ‘अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उचित […]


विदेशी मुद्राको सञ्चिति २१ खर्ब पुग्यो

काठमाडौँ, असोज १० गते । देशभित्र विदेशी मुद्राको सञ्चिति करिब २१ खर्ब रुपियाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ९२ अर्ब २२ करोड पुगेको हो । यो विवरण गत साउन मसान्तसम्मको हो । गत असार मसान्तमा कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब […]


आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, असोज ९ गते। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउन यातायात पूर्वाधार अत्यावश्यक रहेको बताउनुभएको छ। चीनको राजधानी बेइजिङमा आयोजित ‘ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरम’ लाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको र यस क्षेत्रमा नेपालले काम गरिरहेको बताउनुभयो। नेपालको […]


दसैँको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुला; अनलाइनबाटै, दैनिक ४० हजार सिट बुक गर्ने तयारी; घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला

काठमाडौँ, असोज ८ गते । दसैँका लागि आउँदो शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिने निर्णय भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मङ्गलबार महासङ्घ र यातायात व्यवस्था विभागबिच भएको छलफलमा सो विषयमा सहमति भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “असोज १२ गते शनिबारदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भयो […]


दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौँ, असोज ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित मुलुकहरूलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४० प्रतिशत खर्च गर्नुपर्ने अवस्था रहेकाले वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को सहअध्यक्षता गर्नुहुँदै प्रधानमन्त्री ओलीले […]


आमसञ्चार लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं, असोज ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा नेपाली पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सवका अवसरमा आइतवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्रपति पौडेलले आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड […]


महानगरको नमुना उद्यमद्वारा उत्पादित बस्तु बिक्रीमा

काठमाडौँ, असोज ५ गते । काठमाडौँ महानगरपालिकाले ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ अन्तर्गत वडाहरूबाट उत्पादन भएका बस्तु तथा सामग्री नयाँ बानेश्वरको एनबि सेन्टरमा प्रदर्शनी तथा बिक्री सुरु गरेको छ । यसका लागि गएको भदौ ३० गते महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको रोहवरमा भएको सम्झौतामा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र अम्पायर भेन्चरका कार्यकारी निर्देशक […]




TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter