एक्सक्लुसिभ समाचार

उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक

काठमाडौँ, माघ ६ गते । काठमाडौँ उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौँको नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामरा राख्नुपर्ने देखिएको हो । कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा […]


थाकेनन् अभियन्ता, बिहानै सडकभरि हातहातमा कुचो

भक्तपुर, माघ ५ गते । माघ महीनाको शनिबारको चिसो बिहानी । यो चिसोमा पनि भक्तपुरमा नियमित रुपमा सञ्चालित सफाइ अभियानका अभियन्ता हरेक साता झैँ आज पनि सफाइ अभियानमा ओर्लिदा पनि थोकेका देखिँदैनन् । मुखमा माक्स, हातमा पञ्जा लगाएर कसैको हातमा कुचो, कसैको हातमा छडी त कसैको हातमा डोको । चिसो तुषारो र थकानको कुनै पर्वाह […]


ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारी आवश्यक

काठमाडौँ, माघ ४ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिको आधारका रुपमा रहेको नेपालको ऊर्जा क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको संयुक्त साझेदारी जरुरी रहेको आवश्यकता औँल्याउनुभएको छ । आजदेखि यहाँ शुरु भएको दोस्रो हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै उहाँले नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि लगानीको त्यत्ति धेरै समस्या नभए पनि नीतिगतरुपमा केही सुधार […]


पुनर्निर्माणमा प्राधिकरण–स्थानीय तह सहकार्य

बागलुङ, माघ ३ गते । भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र यहाँका स्थानीय तहबीच सहकार्य अघि बढेका छन् । दुवै पक्षले समन्वय र सहयोग आदानप्रदानका लागि समझदारीपत्रमा हस्ताक्षरसमेत गरेका छन् । यसअघि प्राधिकरणले निजी आवासको पुनर्निर्माणमा स्थानीय तहलाई सहभागी गराउने निर्णय गरेको थियो । सोअनुसार जिल्लाका दश स्थानीय तहले पुनर्निर्माणसम्बन्धी कार्यक्रम र योजना […]


खुट्टा पाएपछि फुरुङ्ग

काठमाडौँ, माघ २ गते । वीरगञ्ज महानगरपालिका– २१ बेलुवाकी छ वर्षीया रियाकुमारी कुसवाहलाई तीन वर्षको उमेरमा घर नजिकै बसले ठक्कर दियो । स्थानीय अस्पताल, बिएण्डबी हुँदै काठमाडौँको शिक्षण अस्पतालमा उहाँको उपचार गर्दा झण्डै एक लाख खर्च लाग्यो । चिकित्सकको कयौँ प्रयास सफल हुन नसक्दा अन्ततः खुट्टा गुमाएकी रियाकुमारी अहिले पहिले झैँ ठमठम हिँड्न सक्नुहुन्छ । […]


क्रिकेट खेलाडी पनि वन्यजन्तु संरक्षणमा

काठमाडौँ, माघ १ गते । “गैँडाको मुख्य खाना घाँस हो, फलफूल गेडागुडी स्याउला पनि खान्छ, चिडियाखानामा पुरै घाँसले पु¥याउन सकिँदैन, केरा, स्याउ, बन्दा, चना, पिठोलगायत १०÷१२ प्रकारका खानेकुरा दिनमा पाँच÷छ पटक खुवाइन्छ ।” नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको जिज्ञासामा सदर चिडियाखानाका सहायक क्यूरेटर (प्राविधिक) गणेश कोइरालाले उक्त व्याख्या गर्नुभयो । एकै छिनमा खुट्टा […]


वैशाखदेखि पेट्रोलियम पाइपलाइन सञ्चालनमा आउने

वीरगञ्ज, पुस ३० गते । दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ । सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म करीब ७० किलोमिटर लम्बाइको छ । तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटर र सीमावर्ती भारतीय शहर रक्सौल बजारदेखि बाराको अमलेखगञ्जसम्म […]


तीन विधेयक पारित

काठमाडौँ, पुस २९ गते । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न तीन विधेयकलाई बहुमतले पारित गरेको छ । आजको बैठकले पारित गरेका विधेयकमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५, निवृत्तिभरणकोष विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्यौट विधेयक, २०७५ रहेका छन् । बैठकमा वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय […]


जनताको बीचमा आशा जगाउने सन्देश प्रवाह गर्नुहोस् ः उपप्रम पोखरेल

भरतपुर, पुस २८ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ंजनताका बीचमा आशा जगाउने सन्देश प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ । पूर्वी चितवनको ग्रेट एफएमको चौबिसैं घण्टा प्रसारण सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय सञ्चार माध्यमबाट भ्रमपूर्ण कुरा बाहिर आउने गरेको र त्यसले जनतामा अन्योलता सिर्जना गरेको बताउनुभयो । “सञ्चार माध्यमले नकारात्मक […]


रोजगार सेवा केन्द्र स्थापनाको तयारी

पाल्पा, पुस २७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरीब युवालाई रोजगारभत्ता दिन सरकारले प्रक्रिया अघि बढाएको बताउनुभएको छ । पाल्पाको रामपुरमा आज दोस्रो रामपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री विष्टले मुलुकका ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र सरकारले स्थापना गर्न लागेको बताउनुभयो । मन्त्री विष्टले आगामी असारभित्रमा ज्येष्ठ नागरिक, एकल महिलालाई […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter