एक्सक्लुसिभ समाचार

छोरी जन्मँदा गाउँपालिकाले बैंक खाता खोल्ने

चितवन, पुस २६ गते । इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ । गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । भ्रुण हत्या बढ्न थालेपछि सो अभियान शुरु गरिएको गाँउपालिकाले जनाएको छ । […]


चिकित्सा शिक्षा विधेयक समितिद्वारा पारित; इलामबाट गोविन्द केसीको १६औँ अनशन सुरु

काठमाडौँ, पुस २५ गते । त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले आफ्नो १६औँ अनशन सुरु गरेका छन् । चिकित्सा क्षेत्र सुधारका लागि विभिन्न माग राखी उनी अनसनमा बसेका हुन् । डा. केसी प्रदेश १ को इलाममा पुगेर बुधबार अपरान्ह पाँच बजेबाट अनशन सुरु गरेका छन् । यता उनको महत्वपूर्ण मागको रुपमा रहेको चिकित्सा शिक्षा […]


व्यवसाय प्रवद्र्धनका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा दिने

काठमाडौँ, पुस २४ गते । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण दिने भएको छ । बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपछिको निजी आवास […]


किबी खेतीबाट पन्ध्र लाख आम्दानी

बनेपा, पुस २३ गते । कतिपय मान्छेको जागिरे जीवनपछि के गर्ने भन्ने विषयमा सोच्दा सोच्दै श्रम गर्नसक्ने समय व्यतित भइसकेको हुन्छ । सूर्यप्रसाद पाण्डेले भने जागिरे जीवनपश्चात किबीखेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद्का पूर्व निर्देशकसमेत रहनुभएका काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–६ का पाण्डेले धुलिखेल नगरपालिका–११ फस्कोटमा किबीखती गर्दै आउनुभएको छ । […]


आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको छः प्रम

काठमाडौँ, पुस २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चौतर्फी आक्रमणका बीच पनि चालू आर्थिक वर्षको पाँच महीनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालू आवको पाँच महीनामा राजश्व सङ्कलन ३२ प्रतिशत र पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको तथा सरकारी खर्च गत वर्षको […]


जेटिएको जागिर छाडेर कुरिलो खेतीमा लुमकला

बेझाड, पुस २१ गते । बगनासकाली गाउँपालिका– ८ बराङ्दी बस्ने लुमकला घिमिरेले कृषि जेटिएको जागिर छाडेर व्यावसायिक कुरिलोखेती गर्दै हुनुहुन्छ । कुरिलो खेतीबाट राम्रो आम्दानी हुने भएपछि उहाँ यसतर्फ आकर्षित हुनुभएको हो । “पाँच वर्षसम्म किसान परियोजनामा कृषि जेटिएको रुपमा काम गरे, तलब राम्रै थियो तर जागिर बन्धन जस्तै भयो, अहिले आफैले स्वतन्त्रसँग व्यवसाय गरिरहेको […]


नेपालले जित्यो पाँच स्वर्ण र एक रजत

काठमाडौँ, पुस २० गते । भारतको देहरादुनमा आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय इन्डो सोतोकान कराते च्याम्पियनसिपमा नेपालले पाँच स्वर्ण र एक रजत पदक जितेको छ । नेपाल सोतोकान कराते सङ्घका महासचिव एवं वरिष्ठ प्रशिक्षक तथा च्याम्पियनसिपका रेफ्री गोविन्द श्रेष्ठका अनुसार राम नारायणले २१ वर्षको ४५÷५० केजी तौल समूहको काता र कुमितेतर्फ स्वर्ण पदक हात पारेका हुन् […]


बन्दीपुरको मौलिकता जोगाउन गुरुयोजना (आलेख)

दमौली, पुस १९ गते । कोलाहल र धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाउनु भएको छ भने तनहुँको बन्दीपुर उत्कृष्ट गन्तव्य हुनसक्छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर पूर्व डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायतका हिमशृङ्खला […]


प्रधानन्यायाधीश जबराले गरे पदबहाली; न्यायाधीश जोशीलाई आजदेखि पेशी नतोकिने प्रधानन्यायाधीश जबराको घोषणा

काठमाडौँ, पुस १८ गते । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई आजदेखि मुद्दामा पेशी नतोक्ने घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालतमा आएर उनले आजदेखि जोशीलाई मुद्दा नतोक्ने घोषणा गरेको हो । उनले आज पत्रकार सम्मेलनमा भने, “न्यायालयको जनआस्थालाई माथि उठाउनका लागि मैले जोशीलाई […]


बालबालिकाको चेहरामा खुशी देख्ने प्रधानमन्त्रीको चाहना

काठमाडौँ, पुस १७ गते । “बालबालिकाको चेहरामा खुशी देखेँ भने म पनि खुशी हुन्छु” प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको प्रश्नको जवाफमा भन्नुभयो, “मुलुकका बालबालिकाको चेहरामा खुशी देख्दा मलाई खुशी लाग्छ ।” नेपाल स्काउटले आयोजना आज गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नयाँ पिँढीको चेहरामा मुस्कान हुनुपर्नेमा जोड दिनुभयो । […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter