एक्सक्लुसिभ समाचार

देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ, साउन २१ गते । मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ । मनसुन न्यूनचापीय रेखा नेपाल नजिक (खासगरी मध्य र पश्चिम क्षेत्र) भएकाले काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको मौसविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति काठमाडौँसहित मध्य र […]


दुई दिन घाम नलाग्दा सञ्चालनमा आएन कलंकीको ‘अण्डरपास’

काठमाडौँ, साउन २१ गते । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ सञ्चालनमा ल्याइने भनी तोकिएको समय दुई पटक सरेको छ । सडक विभाग, चक्रपथ सुधार आयोजनाले असार दोस्रो सातामै ‘अण्डरपास’ सञ्चालनमा ल्याइने कुरा सार्वजनिक गरेको थियो । पहिलो म्यादमा काम पूरा नभएपछि दोस्रो पटक साउन पहिलो सातामै सञ्चालनमा आउने भनियो तर अझै सञ्चालन हुन […]


अफ्रिकी देश कङ्गोमा विकास–निर्माणमा व्यस्त नेपाली सेना

बुनिया, कङ्गो, साउन २० गते । नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ रु हो, द्वन्द्वग्रस्त अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली सेनाको इञ्जिनियर गुल्मले एक वर्षको अवधिमा कङ्गोमा विभिन्न ठूला–साना निर्माण परियोजना शुरु गरेको छ । गुल्मले शुरु गरेको तीन वटा महत्वपूर्ण परियोजनामध्ये […]


पोखरेली जेठोबुढो धानको माग बढ्दै

पोखरा, साउन १८ गते । जेठोबुढो कास्कीको रैथाने धान हो । फेवातालको सिरान पामे सबैभन्दा बढी जेठोबुढो झुल्ने फाँट हो । अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका विभिन्न फाँटमा पनि जेठोबुढो धान पर्याप्त फल्छ । मगमग बास्नाका साथै स्वादिलो जेठोबुढोको माग पोखरासहित देशका प्रमुख शहरमा हुने गरेको छ । लिवर्डका प्राविधिक अधिकृत खेमराज च्वाइँ सुवेदीका अनुसार […]


युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव

काठमाडौँ, साउन १६ गते । राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने प्रस्ताव गरिएको बताउनुभयो । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को संशोधन मस्यौदामा १५–२५ वर्ष वा १६–३५ वर्ष कायम गर्न प्रस्ताव गरिएको उहाँले बताउनुभयो । उहाँले विश्वमा रहेको मापदण्डअनुसार […]


ठूला अस्पतालले मिसाउँछन् ढलमा फोहर पानी

काठमाडौँ, साउन १४ गते । संघीय राजधानीका ठूला अस्पतालले नै फोहर पानी प्रशोधन नगरी सिधै सार्वजनिक ढलमा मिसाउने गरेको एक अध्ययनले देखाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै काठमाडौँ उपत्यकाका अस्पतालमा भइरहेको फोहर व्यवस्थापन सम्बन्धमा गरेको स्थलगत अध्ययन प्रतिवेदनले सो विषय उजागर गरेको हो । विभागले अध्ययनका लागि उपमहानिर्देशक सफला श्रेष्ठको संयोजकत्वमा […]


बलात्कारको दोषीलाई कारवाही गर्न माग

काठमाडौँ, साउन १३ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकांश सांसदले महिला तथा बालिका बलात्कारको घटनामा दोषी देखिएकाहरुलाई कडाभन्दा कारवाही गरिनुपर्नेमा जोड दिनुभयो । दोषीमाथि कारवाही र पीडित परिवारलाई […]


काठमाडौँको फोहरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक

काठमाडौंँ, साउन १२ गते । तत्काल वैकल्पिक फोहर व्यवस्थापन गर्ने स्थान तयार गर्न नसक्ने हो भने अबको तीन महिनामा काठमाडौँ उपत्यकाको फोहर पुनःसडकमा नै थुप्रिने खतरा बढेको छ । केही दिन अघि मात्र करीब एक महिनादेखि सडकमा थुप्रेको फोहर व्यवस्थापन गर्ने काम भएको छ । पछिल्लो समय उपत्यकामा फोहरको समस्या दिनानुदिन बढ्दै गएको छ । […]


राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ, साउन ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन आज प्रस्तुत गर्नुभएको छ । नेपालको संविधानको धारा ५३ मा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने तथा त्यस्तो प्रतिवेदन संघीय संसद्मा पेश गर्ने व्यवस्था छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री […]


सरकार–केसीबीचको नौबूँदे सहमतिमा के छ

काठमाडौँ, साउन ११ गते । । सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने जनाइएको छ […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter