एक्सक्लुसिभ समाचार

सत्ताइसौँ दिनमा सहमति; डाक्टर गोविन्द केसीको अनसन तोडियो

काठमाडाैं । प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएसँगै उनले बिहिबार राती नै अनसन तोडेका छन् । समझदारीअनुसार १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाइने, अध्यादेशअनुसार नै चिकित्साशास्त्र विधेयक ल्याइने, विगतमा भएका सहमतिको कार्यान्वयन गर्नेलगायतका बुँदा रहेका छन् । अनसन तोडिएसँगै केसीलाई त्रिवि शिक्षण अस्तालकै आइसीयुमा भर्ना गरिएको छ । सम्झौतामा भनिएको […]


प्रधानमन्त्रीको प्रतिबद्धता “हाम्रो नेपाल: हामी नेपाली, हामी जनताका सेवक”

काठमाडौैँ, साउन १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गर्नुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छमहिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीहरुले […]


चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी

काठमाडौँ, साउन १० गते । एक दशक अघि नेपाल वायु सेवा निगमलाई करिब करिब विघटनको संघारमा पुगेको भन्दै खिसीटिउरी गरिन्थ्यो । जहाज नभएको निगम भन्दै आलोचना गरिन्थ्यो । जहाज खरिदको निर्णय गर्दा भ्रष्टाचार र अनियमित चलखेल भएको भन्दै विभिन्न निकायमा उजुरी पर्दथ्यो । ठूला जहाज खरिद गर्ने आर्थिक सार्मथ्य नभएको भन्दै सरकारले समेत प्राथमिकतामा राख्न […]


सरकार र डा. केसी पक्षबीच वार्ता असफल

काठमाडौँ, साउन ९ गते । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच आज भएको वार्ता निष्कर्षविहीन भएको छ । शिक्षा मन्त्रालयमा आज भएको वार्तामो माग सम्बोधनमा सरकारी पक्ष गम्भिर नदेखिएकाले वार्ता निष्कर्षविहीन भएको डा केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा. अभिषेक राज सिंहले आरोप लगाउनुभयो । वार्तापछि विज्ञप्ति जारी […]


सरकार र डा. केसीबीच वार्ता शुरु

काठमाडौँ, ८ साउन । लामो जुहारीपछि सरकार र आमरण अनसनरत डा गोविन्द केसीबीच औपचारिक वार्ता शुरु भएको छ । डा केसीको वार्ता टोलीले र सरकारी टोलीबीच वार्ता शुरु भएको हो । यसअघिको संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने अडानबाट डा केसी पक्षपछि हटेपछि मंगलबार अपरान्ह शिक्षा मन्त्रालयमा बार्ता शुरु भएको हो । वार्ताका लागि […]


इतिहास भयो यातायात क्षेत्रको एकाधिकार

काठमाडौँ, साउन ७ गते । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार कुनै पनि शर्तमा नफर्कने भन्दै मार्ग इजाजत पाएका यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन पुनः आग्रह गरेको छ । केही यातायात व्यवसायीले भने अझै पनि कम्पनी वा फर्ममा दर्ता हुन अस्वीकार गर्दै आएका छन् । यो सरकारको नीतिको ठीक विपरीतको गतिविधि हो भने नागरिकको भावना र […]


‘मकालु’ विमान साउन ११ गते काठमाडौँ आइपुग्ने

काठमाडौँ, साउन ५ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ । अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको निगमले जनाएको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त विमान […]


विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान

मोरङ, साउन ४ गते । विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्कीको अग्रसरतामा शुरु भएका कतिपय कार्यक्रमले निक्कै प्रशंसा बटुलेपछि उहाँले फेरी अर्को महत्वपूर्ण कार्यक्रम घोषणा गर्नुभएको छ । कार्यभार सम्हालेको एक वर्षको छोटो अवधिमै ‘छोरी बचाऊ’ अभियान निक्कै लोकप्रिय बन्न पुगेपछि उपप्रमुखको योजना कार्यक्रमअन्तर्गत ‘छोरी पढाउ’ अभियान शुरु हुँदैछ । महानगरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न […]


तोकिएको समयमा नै पोखरा विमानस्थल निर्माण सकिनुपर्छ – प्रधानमन्त्री

काठमाडौँ, साउन ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “पोखरा विमानस्थलको आफ्नै महत्व छ । जसरी भए पनि तोकिएको समयमा पूरा हुनुपर्छ । कुनै पनि बहानामा ढिलाइ गर्न पाइँदैन र मिल्दैन ।” प्रधानमन्त्री ओलीले […]


कार्बन व्यापारबाट नेपाल पाँच अर्ब आम्दानी गर्दै

काठमाडौँ, साउन ३ गते । विश्व बैंक अन्तर्गतको कार्बन कोषले स्वीकृति प्रदान गरेपछि नेपालले वनजंगलबाट सञ्चित कार्बनबापत रु पाँच अर्ब प्राप्त गर्ने निश्चित भएको छ । वन तथा वातावरण मन्त्रालयले सन् २०२४ सम्ममा तराईका १३ जिल्लामा सञ्चित हुने करीब एक करोड मेट्रिक टन कार्बनलाई प्रतिमेट्रिक टन पाँच डलरका दरले व्यापारमा लैजाने योजना विश्व बैंकसँग मिलेर […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter