एक्सक्लुसिभ समाचार

नेकपा महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

काठमाडौँ, साउन १ गते । नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन-अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ । एकतापछि गठित नेकपाको विधानमा गरिएको यस्तो व्यवस्थाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आगामी महाधिवेशनमा भाग लिन सदस्यता रहेको भूगोलबाट प्रतिनिधि निर्वाचित हुनुपर्ने भएको […]


नेपाल टेलिकमको मनसुन अफर, मूल्य नबढ्ने

काठमाडौं, असार ३२ – नेपाल सरकारले टेलिकम सेवा शुल्कमा वृद्धि गरेपनि नेपाल टेलिकमले एडिएसएलसहित कुनै पनि सुविधाका मूल्यमा परिवर्तन नगर्ने भएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा हाल उपलब्ध गराउँदै आएको सेवा पहिलेका दरमा पाउने जनाएको छ । कम्पनीले पहिले देखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी/फोरजी १ जीबी […]


जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

काठमाडौँ, असार ३१ गते । उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने यात्रुलाई आजदेखि दुई घण्टा प्रशिक्षण दिन थालेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले आकाशे पुल र जेब्राक्रसिङबाट यात्रुलाई बाटो काट्न […]


दिवंगत स्रष्टाको शव एकेडेमीमा राख्ने कि नराख्ने

काठमाडौँ, असार ३० गते । साहित्यकार तथा कलाकारको निधनपछि श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरमा पार्थिव शरीर राखिँदै आएकामा उक्त स्थानको विकल्पबारे बहस शुरु भएको छ । निधनपछि स्रष्टालाई राज्यको प्राज्ञिक निकायको डबलीमा राखेर सम्मान तथा श्रद्धाञ्जलि दिने परम्परा रहेकामा प्रतिष्ठानमा क्रियाशील तीन वटै कर्मचारी संघसंगठनले यसको विरोध गरेपछि बहस उत्पन्न भएको हो । साहित्यिक […]


अध्यक्ष दाहालद्वारा विभिन्न सडकको शिलान्यास

चितवन, असार २९ गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आज यहाँ छुट्टाछुट्टै विभिन्न सडकको शिलान्यास गर्नुभयो । शहरी विकास मन्त्रालयले सघन शहरी विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगर क्षेत्रमा ठेक्का लगाइएका रिङरोड र लिङक रोडको शिलान्यास गरिएको हो । शिलान्यास गरिएको सबै सडक आयोजना चितवन क्षेत्र नं. ३ मा पर्दछन् । जहाँबाट दाहाल प्रतिनिधिसभा सदस्यमा […]


नारायणगढ–मुग्लिन सडक भाँसियो,सवारी आवागमन एकतर्फी

चितवन, असार २७ गते । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताउनुभयो । भाँसिने क्रम बढ्दै गएपछि […]


त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

नुवाकोट, असार २६ गते । त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आज आगलागी भएको छ । जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पुर्‌याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो । आगलागीबाट बसबार पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ । क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन […]


बाघदरबार नामले चिनिने हरि भवन भत्काइने

काठमाडौँ, असार २५ गते । पुरातत्व विभागले भत्काउन स्वीकृत दिएपछि बाघदरबार नामले चिनिने हरि भवन भत्काइने भएको छ। “ करीब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको हालको हरिभवन तीन तत्लाको छ, भवन छिट्टै भत्काउन खरिद प्रक्रियामा लगिने छ,” काठमाडौं महानगरपालिकाका सह–प्रवक्ता नवराज ढकाल भन्नुहुन्छ । भत्काउने काम शुरु भएको तीन महिनामा सक्ने र रु एक अर्ब […]


बाढी नियन्त्रणमा प्रभावकारी “प्रकोपाइन” प्रविधि

विराटनगर, असार २३ गते । मोरङ जिल्ला भएर बग्ने विभिन्न नदीमा आउने बाढीबाट जमीनको कटान रोक्नका लागि ‘प्रकोपाइन’ प्रविधि उपयोगी भएको छ । जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय विराटनगरले कटान नियन्त्रणका लागि अपनाइने यो प्रविधि मोरङमा प्रभावकारी बन्दै गएको छ । बाँस, बाँसको कर्च, र घाँस, पराल, भुुसको प्रयोग गरेर अस्थायी रुपमा प्रकोपाइन प्रविधि […]


नारायणगढ–मुग्लिन सडक वर्षामा पर्ख र हेरको अवस्थामा

चितवन, असार २२ गते । नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोलादेखि टोपेखोलासम्म निरन्तर खसिरहेको पहिरो यस वर्ष रोक्न सम्भव नरहेको विज्ञहरुले बताएका छन् । वर्षात् भएसँगै मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ पर्ने टोपेखोला र तीन किलोमिटर ३०० मिटर दूरीमा पर्ने टोपेखोलाबीचको ७०० मिटर क्षेत्रमा पहिरो खस्ने गरेको छ । सोही क्षेत्रमा चार किलो भन्ने क्षेत्र पनि पर्छ । अधिकांश […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter