एक्सक्लुसिभ समाचार

फर्किए भारतीय प्रधानमन्त्री मोदी; नेपालको समृद्धिका लागि जस्तोसुकै सहयोग गर्न भारत तयार – प्रम मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएका छन् । नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरी शनिबार मोदी भारत फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदाइ गरेका थिए । काठमाडाैं महानगरपालिकाको अभिनन्दनलगत्तै मोदी फर्किएका हुन् । उनी शुक्रबार नपाल आएका थिए । नेपालको समृद्धिका लागि जस्तोसुकै सहयोग गर्न भारत तयार – […]


प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता, रामायण सर्किट तथा जनकपुर–अयोध्या बस सेवा शुभारम्भ

काठमाडौँ, वैशाख २८ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र नेपाल भ्रमणमा रहेका भारतीय समकक्षी मोदीबीच आज साँझ काठमाडौंस्थित होटल द्वारिकाजमा भेटवार्ता भएको हो । दुई दिने राजकीय भ्रमण्का लागि आज बिहान नेपाल आइपुगेका मोदीले यसअघि राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग छुट्टाछुट्टै भेटवार्ता […]


‘दिगो उत्पादकत्व वृद्धि स्तरोन्नतिको पूर्वशर्त’

काठमाडौँ, वैशाख २७ गते । नेपाललाई अल्पविकसित मुलुकबाट मध्यम आययुक्त विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न कृषि उत्पादकत्व वृद्धि दोब्बरभन्दा बढीले बढाउनुपर्ने सुझाव आर्थिक क्षेत्रका जानकारहरुले दिएका छन् । यहाँस्थित बंगलादेशी राजदूतावास र रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान प्रतिष्ठान (आइएसएसआर)ले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘अल्पविकसित राष्ट्र बंगलादेशको स्तरोन्नति प्रक्रिया ः नेपाललाई शिक्षा’ विषयक कार्यशालामा उनीहरूले दिगो […]


भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे सदनलाई जानकारी; विभिन्न अध्यादेश स्वीकृत

काठमाडौँ, वैशाख २६ गते । पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते गर्न लाग्नुभएको नेपालको राजकीय भ्रमणका बारेमा सदनलाई जानकारी गराउनुभयो । उहाँले वैशाख २८ गते राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसित भारतीय प्रधानमन्त्री मोदीको शिष्टाचार भेट हुने कार्यक्रम रहेको […]


ऊर्जा मन्त्रालयको १ सय २५ बुँदे कार्ययोजना : १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन

काठमाडौँ, वैशाख २५ गते । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले २०७५ सालदेखि २०८५ सालसम्मलाई उर्जा तथा जलस्रोत दशक घोषणा गर्दै १ सय २५ बुँदे आगामी मार्गचित्र सार्वजनिक गरेको छ । मन्त्रालयमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले १० बर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्यसहितको श्वेतपत्र सार्वजनिक गरेका हुन् । ‘शिक्षा र स्वास्थ्यको […]


टमाटर खेतीबाट मासिक एक लाख आम्दानी

बाँके, वैशाख २४ गते । वर्दियाको गेरुवा गाउँपालिका प्रसेनीपुरका ठाकुरप्रसाद थारू टमाटर खेतीबाट एक वर्षमा १२ लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ । गाउँका धेरै युवा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक गए पनि थारूले भने गाउँमै बसेर तरकारी खेतीबाट राम्रो आर्थिक लाभ लिन सफल हुनु भएको छ । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा उच्च शिक्षाको […]


वीर अस्पतालको सफाइ अभियान

काठमाडौँ, वैशाख २३ गते । शताब्दी इतिहास बोकेको फोहोर र प्रदूषित वीर अस्पतालमा आजदेखि सफाइ अभियान चलेको छ । जताततै फोहोर र गन्हाउने अस्पतालका रुपमा चिनिएको अस्पतालमा करिब सयभन्दा शौचालय भए पनि प्रयोग गर्न सकिने स्थिति छैन । राति फोहोरले भरिएका ती शौचालयबाट बाहिरसम्म फोहोर बगिरहने हँुदा गन्हाएर हिँड्नै नसकिने अवस्था छ । हरेक दिन […]


पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधारमा लगानी

रत्ननगर, चितवन, वैशाख २२ गते । पूर्वी चितवनको कालिका नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधारमा लगानी शुरु गरेको छ । यहाँको शक्तिखोर, सिद्धिलगायत पहाडी क्षेत्रको पर्यटन विकासका लागि नगरपालिकाले झण्डै रु दुई करोड रकम विनियोजन गरेर काम थालेको नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिनुभयो । शक्तिखोरको पहाडी पर्यटकीय क्षेत्रमा जाने सडक र बाटोघाटो निर्माण एंव […]


सार्वजनिक यातायात बन्द गर्नेलाई हदैसम्मको कारवाही गरिने

काठमाडौँ, वैशाख २१ गते । सार्वजनिक यातायात सञ्चालन गर्ने ‘रुट परमिट’ लिएकाले सवारी नचलाउँदा बिहानैदेखि यात्रु सडकमा हिँड्न बाध्य भएका छन् । संघसंस्था ऐन, २०३४ अनुसार सामाजिक संस्था खोलेर जनताले तिरेको करबाट बनेको सडकमा सेवाका नाममा एकाधिकारको व्यापार गर्दै आएका व्यवसायीले आफ्ना नाजायज माग पूरा गराउन यातायात नचलाएका हुन् । सरकारले यातायातलाई कम्पनीमा दर्ता गराउनुपर्ने […]


गुणस्तरीय शिक्षाका लागि शिक्षकले पाउँदै आएको सेवा सुविधा रोक्का

नवलपरासी, वैशाख २० गते । पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि शिक्षकले पाउँदै आएको सेवा सुविधा समेत रोक्का गर्ने रणनीति बनाएको छ । यस वर्ष कक्षा ८ को परीक्षामा शून्य दशमलब ४ प्रतिशत मात्र विद्यार्थी उत्र्तीण भएपछि शिक्षा क्षेत्रको सुधारका लागि यस्तो रणनीति बनाएको गाउँपालिकाले जनाएको छ । शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाले […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter