एक्सक्लुसिभ समाचार

जलयात्रा लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै कालीगण्डकी

पोखरा, वैशाख १९ गते । देवता (शालिग्राम) कुँद्ने नदीका रुपमा परिचित हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिदै आएको कालीगण्डकी जलयात्राका लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ । विगत केही वर्षयता कालीगण्डकीमा जलयात्राले व्यावसायिक रुप लिन थालेसँगै यतिखेर पर्यटकको चाप निकै बढेको छ । यस वर्ष जलयात्राका लागि कालीगण्डकीमा धेरै पर्यटक आएको जलयात्रा गराउँदै […]


बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्री निर्देशन

झापा, वैशाख १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताउनुभएको छ । आज झापाको सदरमुकाम भद्रपुरमा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विद्यालय जान नपाएका सबै बालबालिकाको खोजी गरी विद्यालयमा ल्याउन जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले कोही बालबालिका विद्यालय […]


निर्माणाधीन आयोजनाको प्रगति विवरण बुझाउन निर्देशन

काठमाडौँ, वैशाख १७ गते । सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरोकारवाला संस्था तथा कम्पनीलाई १५ दिनभित्र विवरण बुझाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले निर्माणाधीन तथा निर्माण चरणका जलविद्युत् आयोजनाको प्रगति विवरण बुझाउन निर्देशन दिनुभएको हो । निर्देशनअनुसार प्राधिकरण, […]


भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन: प्रधानमन्त्री

बुटवल, वैशाख १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन, नागरिकलाई आर्थिकरुपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा अल्झिन नहुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय स्रोतसाधन, प्राकृतिक स्रोतसाधन, सीप ज्ञान, उपलब्ध पूँजी, संरचनाहरुको अधिकतम उपयोग गरेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले पहिलोपटक […]


साढे दुई वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुन्छ – पर्यटनमन्त्री

रुपन्देही, वैशाख १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको बताउनुभएको छ । उहाँले आज लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै बुद्धको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रले अध्ययन, अनुसन्धान गर्ने थलोका रुपमा लुिम्बनी रहेको छ भन्नुभयो । मन्त्री अधिकारीले भन्नुभयो, “साढे दुई वर्षको अवधिमा लुम्बिनी गुरुयोजना पूरा हुनेछ । […]


सुखवती स्टोर फाउण्डेशनलाई दक्षिण कोरियाको एसिया फिलान्ट्रोफी अवार्ड

काठमाडौँ, वैशाख १४ गते । सुखवती स्टोर फाउण्डेशन काठमाडौँलाई दक्षिण कोरियाको एसिया फिलान्ट्रोफी अवार्ड अन्तर्गत यस “वर्षको उत्कृष्ट गैह्र नाफामूलक सामाजिक संस्था पुरस्कार” प्रदान गरिएको छ । विद्यालय निर्माण, वातावरण संरक्षण र पुराना सामान प्रशोधन गरी पुनः प्रयोगमा ल्याएबापत फाउण्डेशनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । सामाजिक काममा क्रियाशील फाउण्डेशनका अध्यक्ष चीजमान गुरुङलाई दक्षिण कोरियाको […]


भूकम्पको तीन वर्ष दक्ष जनशक्ति र झन्झटिलो सरकारी अनुदानले पुनःनिर्माणमा कठिनाइ

काठमाडौँ, वैशाख १३ गते । भूकम्प कारण विनास भएका निजी आवास पुनःनिर्माण गर्न दक्ष जनशक्तिको अभाव र सरकारद्वारा अनुदान रकम दिन निकै झन्झटिलो भएका कारण घर निर्माणमा कठिनाइ देखिएको छ । तीन वर्षअघि वैशाख १२ र २९ गते गएको भूकम्पले दोलखाको सदरमुकामका अधिकांश घर भत्काएको थियो । सदरमुकामका केही पक्की घरबाहेक सबै भौतिक संरचना पूर्णरुपमा […]


मौलिक हकसँगै कर्तव्य पालना आवश्यक – प्रधानमन्त्री ओली

काठमाडौँ, वैशाख १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले व्यवस्था गरेका मौलिक हक उपभोगसँगै कर्तव्य पालना गर्नु पनि सबैको दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा आज उहाँले संविधानले व्यवस्था गरेका सबै मौलिक हक महत्वपूर्ण भएको बताउँदै मौलिक हकसँगै कर्तव्य पनि सँगै गाँसिएको धारणा व्यक्त गर्नुभयो । सूचनाको हकको […]


भूकम्पपछिको पुनःनिर्माणमा सुस्तता – आवश्यकता ७.०६ खर्ब, खर्च १.२ खर्ब; पाँच वर्षमै पुनःनिर्माण सकिने दाबी

काठमाडौँ, वैशाख ११ गते । भूकम्पपछिको पुनःनिर्माणका लागि कूल रकम रु सात खर्ब छ अर्ब आवश्यक पर्ने भनिए पनि हालसम्म करीब रु एक खर्ब २० अर्ब मात्र खर्च भएको छ । पटकपटकको सरकार परिवर्तन, तीन तहको निर्वाचन तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुखको फेरबदलका कारण पुनःनिर्माणका कार्यमा सुस्तता आएर रकम खर्च गर्न नसकिएको हो । […]


सगरमाथालाई प्रदूषित नबनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, वैशाख १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथामा कुनै कारणले प्रदूषण हुन नहुने बताउनुभएको छ । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको रजत दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सगरमाथालगायत नेपालका उच्च हिमशङ््खलामा जलवायु परिवर्तनको असर देखा पर्ने थालेकामा चिन्ता व्यक्त गर्दै भन्नुभयो, “संसारका ठूला देशका कारण भएको कार्बन उत्सर्जनको असर नेपालका हिमालमा देखिनु […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter