एक्सक्लुसिभ समाचार

ओली–प्रचण्ड वार्ता : एकताका लागि ठोस एजेन्डा तय गर्ने सहमति

काठमाडौं, माघ ६ गते ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली र नेकपा माअोवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको बैठक सकिएको छ । अाज अोली निवास बालकोटमा बसेको बैठक अाइतबार भोली बस्ने पार्टी एकता संयाेजन समितिकाे बैठकका एजेण्डा तय गर्न बैठक बसेको हो । अाेली निवास बालकाेटमा भएकाे छलफलमा राष्ट्रिय सभाकाे निर्वाचन, प्रदेश सरकारकाे गठनका […]


राष्ट्रपतिबाट प्रदेश प्रमुखलाई शपथ

काठमाडौँ, माघ ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज अयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराएका हुन् । राष्ट्रपतिसँग शपथ लिनेमा प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं […]


उग्र बन्दै धनकुटाको आन्दोलन, निषेधाज्ञा जारी; डोटीमा प्रहरी र आन्दोलनकारीबीच झडप, ३ जना घाइते

काठमाडाैँ, ४ माघ | सरकारले बुधबार १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगर तोकेपछि यतिखेर धनकुटामा चर्को नाराबाजीका साथै विरोध प्रदर्शन भएको छ । विराटनगरलाई राजधानी तोकेपछि बिहीबार विरोधमा उत्रिएका धनकुटाबासी र प्रहरीबीच धनकुटा ६ भीमनारायण चोकमा दोहोरो झडप समेत भएको छ । झडपका क्रममा प्रहरीको लाठीचार्जबाट ४ जना प्रदर्शनकारी घाइते भएका छन् । धनकुटाका नेपाली […]


सरकारले तोक्यो अस्थायी प्रादेशिक राजधानी र प्रदेश प्रमुख (सूचीसहित); अस्थायी राजधानी तोक्नेवित्तिकै दाङ र धनकुटामा आन्दोलन सुरु

काठमाडौं, माघ ३ । लामो अलमलपछि सरकारले अन्ततः सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए । बुधबार दुई पटक बैठक बसेको थियो । पहिलो बैठकमा केही प्रदेशको राजधानीलाई लिएर मन्त्रीहरुबीच विवाद भएपछि दिउँसो दोस्रो बैठक बसेको थियो, जसले प्रदेशका अस्थायी मुकामहरु […]


कर्णालीको विकासका लागि १० वर्षे महत्वकांक्षी योजना; फलफूल, ऊर्जा र पूर्वाधार विकास प्राथमिकतामा

काठमाडौँ, माघ २ गते । मुलुककै पिछडिएको क्षेत्र मानिने कर्णालीलाई आर्थिक, सामाजिक विकास गरी समृद्ध क्षेत्रका रुपमा विकास गर्ने सोचका साथ १० वर्षे विकास योजना अघि सारिएको छ । व्यापक र दिगोरुपमा स्रोतसाधनको उपयोग तथा मानव पूँजीको विकास गरी जनताको जीवनस्तर उठाउने एवं समृद्धि हासिल गर्ने उद्देश्यका साथ कर्णाली विकास आयोगले १० वर्षे योजना तयार […]


शहरी विपद् जोखिम न्यून गर्न सामूहिक प्रयासको थालनी

ललितपुर, माघ १ गते । तीन वर्षअघिको गोरखा भूकम्प र त्यसपछि पटकपटक परकम्प जाँदा त्रसित बन्दै घर वा विद्यालयबाट आत्तिएर जथाभावी भाग्ने गरेका विक्रम खड्का अब त्यस्ता विपद् आउँदा सुरक्षित स्थानमा कसरी जाने र अरूलाई पनि कसरी लैजाने भन्नेबारेमा राम्ररी जानकार भएका छन् । काठमाडौँ महानगरपालिका–१२ स्थित महेन्द्र सरस्वती विद्यालयमा कक्षा ८ मा अध्ययनरत खड्कालाई […]


सरकारले देशभरका एम्बुलेन्स सेवाका लागि एउटै टेलिफोन नम्बर दिने तयारी

काठमाडौं, पुस ३० गते । । सरकारले एम्बुलेन्स सेवाका लागि देशभर एउटै टेलिफोन नं को प्रयोगका लागि प्रक्रिया अगाडि बढाएको छ । देशभरबाट ११२ नंमा फोन गर्दा एम्बुलेन्स सेवामा फोन जाने गरी प्रक्रिया अघि बढेको हो । एम्बुलेन्स निर्देशका २०७३ को बुँदा नं १२ मा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सञ्जालका लागि देशभर एकै टेलिफोन नं रहने […]


सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । माघ २४ गते हुने भनिएको राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । निर्वाचन आयोगले शनिवार सातवटै प्रदेशम अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गरेको जनाएको छ । प्रदेश नम्बर १ मा मोरङ, प्रदेश नम्बर २ मा धनुषा, प्रदेश नम्बर ३ मा ललितपुर, प्रदेश नम्बर ४ […]


सूचना महामार्गमा नेपाल–चीन जोडियो

काठमाडौँ, पुस २८ गते । नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी)मा जोडिएका छन् । निरन्तरको प्रयासपछि नेपालको नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को आजबाट औपचारिकरुपमै व्यावसायिक सेवा शुरु भएको हो । योसँगै दुई कम्पनीले एक अर्काका देशमा दूरसञ्चार व्यवसाय विस्तार गर्न पाउने छन् […]


विदेशबाट फर्केर व्यावसायिक गाईपालन ; मासिक एक लाख आम्दानी

पाल्पा,पुस २७ गते । तानसेन नगरपालिकाको बौघापोखराथोक चिनारीका एक युवाले विदेशबाट फर्केर व्यावसायिक रुपमा गाईपालन गर्न थालेका छन् । गाईपालनबाट यहाँका रनबहादुर रेश्मीले मासिक रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । रेश्मीले अहिले गोठमा ३२ ओटा गाई पाल्नुभएको छ । अन्य पेशा व्यवसायभन्दा सजिलो र दैनिक आम्दानी लिन सकिने भएपछि उहाँ गाईपालन व्यवसायमा सक्रिय हुनुहुन्छ […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter