एक्सक्लुसिभ समाचार

नेपाल–भारतबीच १२ बुँदे संयुक्त वक्तब्य जारी ; भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार भएको द्धिपक्षीय भेटवार्तापछि नेपाल–भारतबीच १२ बुँदे संयुक्त वक्तब्य जारी भएको जारी भएको छ । संयुक्त वक्तब्यमा ओली–मोदीबीच दुई देशबीचको विविध पक्षमा समिक्षा हुनुका साथै सरकारी, नीजि क्षेत्र र जनस्तरको सम्बन्धका विषयमा बिचार विमर्श भएको उल्लेख छ । यस्तै नेपाल भारतबीचको सम्बन्धमा नयाँ आयाम […]


नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

नयाँदिल्ली, चैत २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने बताउनुभएको छ । इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको बताउनुभयो । नेपालको प्रमुख कार्यसूची […]


भारतसँगका सम्झौता कार्यान्वयनमा प्राथमिकता दिन प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ, चैत २२ गते । निर्वाचनपछिको नयाँ सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्ने छिमेकी भारतको राजकीय भ्रमणमा राष्ट्रिय हित र चासोलाई प्राथमिकता दिई विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिन विज्ञहरुले सुझाएका छन् । नयाँ संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि वाम गठबन्धनको नेतृत्वमा बनेको सरकारले लिएको विकास र समृद्धिको चाहनालाई छिमेकी मुलुकसँगको सम्बन्धलाई […]


सहकारी मार्फत नै आर्थिक समृद्वि- प्रम ओली

भेषराज बेल्बासे काठमाडौँ, चैत २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो विकासमा पछि परेको मुलुकको आर्थिक समृद्धि हासिल गर्ने उपयुक्त माध्यम नै सहकारी अभियान भएको बताउनुभएको छ । सहकारी अभियानको शीर्षस्थ निकाय नेपाल सरकार कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा बुधबारदेखि राजधानीमा शुरु भएको दोस्रो सहकारी […]


प्रमको भारत भ्रमण स्वीकृत

काठमाडौँ, चैत २० गते । मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले यही चैत २३ देखि २५ गतेसम्म भ्रमण हुन लागेको प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले चिकित्सा शिक्षासम्बन्धी तथा […]


समाजवादउन्मुख अर्थतन्त्रको विकासका लागि तुरुन्तै पार्टी एकता – प्रधानमन्त्री

काठमाडौँ, चैत १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने बताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न आज सो पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले आफ्नो […]


सर्वोच्चद्वारा पूर्वप्रधानन्यायाधीश पराजुलीको उमेरसम्बन्धी अभिलेख माग

काठमाडौंपोखरा, चैत १८ गते । । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका उमेरसम्बन्धी अभिलेख माग गरेको छ । अधिवक्ता हेममणि सुवेदीले दायर गरेको रिटमा न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले सम्बन्धित निकायबाट पराजुलीको उमेरसम्बन्धी अभिलेख मगाएको हो। आइतबार सर्वोच्चले प्रधान्यायाधीशको रूपमा पराजुलीलाई गरेको सिफारिसको निर्णय र उमेरसम्बन्धी निर्णय र राष्ट्रपतिसमक्ष उनले दिएको राजीनामासम्बन्धी कागजातहरू मगाएको हो। पराजुली […]


एक वर्षको योजनाको काम पाँच महिनामै सम्पन्न

म्याग्दी, चैत १७ गते यहाँ । एक वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङद्वारा सञ्चालित बेनी बजार संरक्षण कार्यक्रमअन्तर्गत दोस्रो प्याकेजको नदी नियन्त्रण योजनाको काम लक्ष्यभन्दा सात महिनाअघि नै सकिएको छ । सडक, भवन, नदी नियन्त्रण, सिँचाइलगायत म्याग्दीमा सञ्चालित पूर्वाधार आयोजना ढिलासुस्तीका कारण थला परेको अवस्थामा निर्माण व्यवसायीले एक वर्षको काम पाँच […]


अर्थतन्त्र चुनौतीपूर्ण- अर्थमन्त्री

काठमाडौँ, चैत १६ गते । अर्थमन्त्री डा युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताउनुभएको छ । अर्थमन्त्री डा खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै स्रोतको बजेटमा खर्च गर्न निकै कठिनाइ रहेको उल्लेख गर्नुभयो । पूँजी परिचालन उचित रूपमा हुन नसकेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “ठूला आयोजना निर्धारित […]


संघीय संसदमा राष्ट्रपतिको सम्बोधन, अब नेपालमा असाधारण सम्भावनाको ढोका खुल्यो

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई सम्बोधन गर्दै समुन्नत समाज निर्माणमा एक भएर अघि बढ्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संसद भवन नयाँवानेश्वर पुगेर प्रतिनिधि सभा र राष्ट्रिय सभालाई संयुक्त रुपमा सम्बोधन गर्दै अबको नेपाल मनोमालिन्य र कुनैपनि किसिमको शोषण र दमनबाट मुक्त हुनुपर्ने पनि बताइन् । उनले यस वर्ष सम्मपन्न विभिन्न तहका निर्वाचनबाट […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter