एक्सक्लुसिभ समाचार

जलविद्युत्मा उल्लेख्य लगानी गर्न आग्रह; कालीगण्डकीको मर्मत सम्भार शीघ्र गर्न घिसिङको निर्देशन

काठमाडौँ, २७ चैत । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुक अब उज्यालो युगमा प्रवेश गरेकाले आगामी दिनमा कोही कसैले पनि विद्युत्भार कटौती गर्न नसक्ने स्पष्ट पार्नुभएको छ । नेपाली दूतावास मलेसिया र गैरआवासीय नेपाली सङ्घ(एनआरएन)ले मलेसियामा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रमा मलेसिया र एनआरएनको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्युत्भार कटौती अन्त्यपछि मुलुकको आर्थिक क्षेत्रमा […]


कारागारमै उद्यम गरेर मासिक रु २५ हजार

सल्यान, २६ चैत । कैदीबन्दीले जिल्ला कारागारभित्रै विभिन्न उद्यम गरी मासिक रु २५ हजार बढी आम्दानी गर्न थालेका छन् । कैदीबन्दीले मुढा, टोकरी आदि बाँसजन्य सामग्री उत्पादन गरिरहेका छन् । कैदीबन्दीले दिनभरि बाँसबाट बन्ने मुढा, टोकरी, डालो, ढाँकाको टोपीलगायत सामग्री तयार गर्ने गरेको जिल्ला कारागार सल्यानका प्रमुख विक्रम केसीले बताउनुभयो । कैदीले मासिक रु २५ […]


शिक्षण पेसा छाडेर तरकारी खेतीमा

पाल्पा, २५ चैत । रामपुर नगरपालिका–१० गेझाका कृष्ण पाण्डे शिक्षण पेसा छाडेर व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको छ । तरकारी खेतीबाट मनग्य आम्दानी हुने भएपछि उहाँले शिक्षण पेसा छाडेर तरकारी खेती सुरु गर्नुभएको हो । विगत तीन वर्षयता उहाँले आधुनिक प्रविधिबाट तरकारी खेती गर्दै आउनुभएको छ । किसान परियोजना पाल्पाले गाउँमै गएर व्यवसायमा प्राविधिक ज्ञान तथा […]


विदेशी दम्पतीले स्वास्थ्य चौकी र विद्यालय बनाइदिए

गोरखा, २४ चैत । ‘धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन’ समाजमा प्रायः यस्ता भनाइ सुन्ने गरिन्छ । तर, स्विट्जरल्यान्डका एक दम्पतीले मन र धन दुवै प्रयोग गरी उत्तरी गोरखा, धार्चे गाउँपालिका लापु गाउँमा स्वास्थ्य चौकी र विद्यालय भवन पुनःनिर्माण गरिदिएका छन् । भूकम्पले भत्काएको स्वास्थ्य चौकी र विद्यालय पुनःनिर्माणमा स्विट्जरल्यान्डका नागरिक डा थेरी र […]


भूकम्पपीडितलाई कर्जा दिने व्यवस्था मिलाउन निर्देशन

काठमाडौँ, चैत २३ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई आवास पुनःनिर्माणका लागि सहुलियत तथा विशेष कर्जा सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएको छ । धेरै भूकम्पपीडितले बैङ्क तथा वित्तीय संस्थाबाट सहज रूपमा कर्जा प्राप्त गर्न नसकेको, बैङ्कहरूले कोटा सकिएको भनी कर्जा दिन अस्वीकार गरेको लगायत गुनासो प्राधिकरणमा गरेपछि प्राधिकरणले मङ्गलबार […]


कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रियो

म्याग्दी, चैत २२ गते । म्याग्दीमा कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दी र काठमाडौँको गोदावारीमा रहेको मौरीपालन विकास शाखाको सहयोगमा मङ्गला गाउँपालिका–१ कुहुँमा ग्राफ्टिङ (मौरीको लार्भा प्रत्यारोपण) गरेर रानी मौरी विकास गर्ने प्रविधि भित्र्याइएको हो । शाखाको गुणस्तरीय रानी मौरी उत्पादन तथा वितरण अभियानअन्तर्गत म्याग्दीमा पहिलो […]


चित्त निर्मल पार्न चाहनुहुन्छ भने विपश्यना ध्यानको अभ्यास गर्नुस्

मदन गौतम / काठमाडौँ, २१ चैत । पौराणिक कालदेखि नेपाल तपोभूमिका रुपमा प्रसिद्ध छ । यस भूमिमा थुप्रै योगी, सिद्ध पुरुष र साधकले चिन्तनमनन गरी ज्ञान लाभ गरेका छन् । त्यसैकारण भारत वर्ष पूर्वीय दर्शनको आधारभूमि बन्न पुग्यो । नेपालको लुम्बिनी उपवनमा आजभन्दा करिब दुई हजार पाँचसय वर्षअघि जन्मनुभएका सिद्ध महापुरुष गौतम बुद्धले प्रतिपादन गर्नुभएको […]


न्यून लगानीबाट सफल उद्यमी बन्दैछन् ग्रामीण महिला

कालिका खड्का / काठमाडौँ, २० चैत । “जिन्दगीमा सीप भन्ने ठूलो कुरा रहेछ, च्याउ खेती राम्रो भएपछि ममा आत्मबल थपिएको छ”–मकवानपुर पदमपोखरी–१३ की देवमाया सिन्तान च्याउ खेतीको कमाइबाट आफ्नो परिवारलाई धान्न सकेकीमा खुसी छिन् । देवमायाले एक पटकमा रु १० लाख बराबरको परालले च्याउ खेती गर्छिन । एक पटक खेती गर्दा तीन महिनासम्म फल लाग्छ […]


नेपालमा ५८ प्रतिशत असुरक्षित गर्भपतन

चितवन, १९ चैत । नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र ९कृपा०ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतन मध्ये ५८ प्रतिशत असुरक्षित रुपमा हुने गरेको पाइएको हो । ४२ प्रतिशतले मात्रै नेपाल सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा गर्भपतन गर्ने गरेको अनुसन्धानले देखाएको अनुसन्धानकर्ता […]


नेपालमा फरक रक्त समूह भए पनि मिर्गौला प्रत्यारोपण सम्भव

कल्पना पौडेल / काठमाडौँ, १८ चैत । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सुरु भएको करिब नौ वर्षपछि नेपालमै पहिलोपल्ट ‘एबिओ इन्कम्प्याटिबल’ तथा फरक रक्त समूहको मिर्गाैलाको सफल प्रत्यारोपण गरिएको छ । अन्य विकसित देशमा समेत विरलै प्रयोग गरिने यस्तो खालको प्रत्यारोपण विधि अस्पतालका मिर्गाैला रोग विशेषज्ञ डा दिव्यासिंह शाहको नेतृत्वमा युरोलोजी तथा मिर्गौला […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter