एक्सक्लुसिभ समाचार

विद्युत्भार कटौती हुँदैन : प्राधिकरण

काठमाडौँ, पुस ६ गते । नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युत्भार कटौती नहुने स्पष्ट पारेको छ । विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युत्भार कटौती हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले बत्ती ननिभ्ने प्रष्ट पारेको हो । हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित÷अघोषितरुपमा कुनै प्रकारको विद्युत्भार […]


साढे अट्ठाइस प्रतिशत जनता अझै गरिब

काठमाडौँ, पुस ५ गते । मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई)सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै विषयबाट वञ्चित भएको देखाएको हो । एमपिआईअनुसार २००६ देखि २०१४ को अवधिमा नेपालको गरिबी आधा घटेको थियो । प्रतिवेदन […]


अध्यादेश अड्काउने काम नगरौं – नेपाल सरकार

काठमाडौं, पुस ४ गते । जनमतको कदर गर्दै संविधानको पूर्ण कार्यान्वयन गर्न राष्ट्रपतिसमक्ष पेश गरिएको राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश नअड्काउन नेपाल सरकारले आग्रह गरेको छ । उक्त आग्रह नेपाल सरकारका प्रबत्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनका अवसरमा गर्नुभएको हो । आम जनमतको कदर गर्दै वर्तमान सरकार लोकतान्त्रिक पद्धति र […]


बूढीगण्डकी परियाेजना स्वदेशी लगानीमै निर्माण गर्न पैसाकाे समस्या हुँदैन – प्रतिवेदन

काठमाडौं -सरकारले स्वदेशी लगानीमा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको लागि आवश्यक वित्तिय स्रोत पनि जुटाएको छ । बुढिगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धमा लगानीको खाकार तयार पार्न गठित समितिले आयोजना निर्माणका लागि आवश्यक वित्तिय स्रोतको खाकासहितको प्रतिवेदन तयार पारी सोमबार सरकारलाई बुझाएको हो । स्वदेशी लगानीमै सम्पन्न गर्न पर्याप्त हुने गरी […]


समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?; निर्वाचन आचारसंहिता मंसिर २७ गतेदेखि हट्योः आयोग

काठमाडौं, पुस २। समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल बनेको छ । दोस्रो दल कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । एमालेले कांग्रेस भन्दा ४५ हजार १०५ मत […]


७५ जिल्लाको समानुपातिकतर्फको मत गणना सकियो, एमाले र कांग्रेसको मतान्तर ५० हजार

काठमाडौँ, पुस १ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन समानुपातिकतर्फ ७५ जिल्लाको मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ । शनिबार आयोगले विज्ञप्ति निकालेर गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतितिनिधसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सुनसरी र सर्लाहीका केही निर्वाचनमा गणना जारी रहेको जानकारी दिएको छ । […]


समानुपातिक परिणाम : पाँच एमाले र दुई प्रदेशमा कांग्रेस अगाडि; नयाँ सरकार गठनबारे ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ, मङ्सिर २९ गते । मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभाको समानुपातिक तर्फको मतपरिणाम गणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार एमालेले पाँच र कांग्रेस दुई प्रदेश सभामा अगाडि छन्। प्रदेश नम्बर १, ३, ४, ५ र ६ मा एमालेले बढी मत ल्याएको छ भने प्रदेश नम्बर २ र ७ मा […]


नयाँ सरकारको तयारीसँगै आर्थिक समृद्धिको खाका कोरिँदै

रमेश लम्साल / काठमाडौँ, मंसिर २८ गते । आर्थिक समृद्धि र राजनीतिक स्थिरताको लक्ष्यसहित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको वाम गठन्धनले सुविधाजनक बहुमत हासिल गरेसँगै त्यसको ठोस खाका कोर्न शुरु गरेको छ । आगामी पाँच वर्ष स्थिर सरकार चलाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना साथ भौतिक पूर्वाधारको विकास, ऊर्जा क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा […]


पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका सबै नतिजा सार्वजनिक; समानुपातिक अपडेट : एमाले अघिअघि, कांग्रेस पछिपछि

काठमाडौं, मंसिर २७ गते । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं ३ को मतगणना आज सकिएसँगै प्रतिनिधिसभाको सबै १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । […]


प्रत्यक्षतर्फ गठबन्धनको दुई तिहाइ; समानुपातिकमा एमाले–कांग्रेसबीच तीव्र प्रतिस्पर्धा

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्षतफ दुई तिहाइ स्थानमा जित हासिल गरेको छ । निर्वाचन आयोगले सोमबार राति साढे नौ बजे सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधिसभातर्फ १५४ स्थानमा मत परिणाम घोषणा हुँदा वाम गठबन्धनले ११२ स्थानमा विजयी भएको छ । जसमा एमालेले ७६ र माओवादीले ३६ स्थानमा जीत हासिल गरेका छन् […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter